काठमाडौँ : विश्वभरिको पासपोर्टको सूचीमा नेपाली पासपोर्ट विश्वकै कमजोरमध्ये एकमा परेको छ। पासपोर्टहरुको इन्डेक्स निकाल्ने ‘हेन्ली पासपोर्ट इन्डेक्स क्वाटर थ्री रिपोर्ट’मा नेपालको पासपोर्ट विश्वकै छैँटौँ कमजोर भनेर देखिएको छ।
१ सय १२ स्थानमध्ये नेपालको पासपोर्ट १०६ औँ स्थानमा छ। प्यालेस्टाइनको पासपोर्ट पनि १०६ औँ स्थानमा छ।
नेपालको पासपोर्टले ३८ मुलुकमा अनएराइभल भिसा पाउने पनि रिपोर्टमा उल्लेख छ। नेपालभन्दा तलको स्थानमा प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन्। अफगानिस्तान विश्वकै कमजोर पासपोर्ट भएको मुलुकका रुपमा छ।
जापानको पासपोर्ट संसारकै शक्तिशाली पासपोर्ट हो। जापानी पासपोर्टबाहकले १९३ मुलुकमा अनएराइभल भिसा पाउँछ।
जापानपछि सिंगापुर, साउथ कोरिया, जर्मनी, स्पेन, फिनल्याण्ड, इटाली, लक्जम्बर्ग, अष्ट्रेलिया, डेनमार्क, नेदरल्याण्ड र स्वीडेन शक्तिशाली पासपोर्ट भएका मुलुक हुन्।