काठमाडौं l शंकर थापा ’स्माइल’ को संगीतमा रहेको प्रेमिल शैलीको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘मायाको मौसम’ सार्वजनिक भएको छ । यस गीतमा सदु खनालको शब्द रहेको छ ।
गीतमा गायिका ममता गुरुङ र गायक एवम गीतकार डि.पी खनालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।
मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोमा सुधिर श्रेष्ठ र जुना कार्कीले अभिनय गरेका छन् । इलाम र झापाका मनोरम दृश्यहरुमा सुजन श्रेष्ठले भिडियोको छायाँकन गरेका हुन् । दिन्शन शाहले भिडियोको सम्पादन एवं कलर गरेका हुन् ।
मोडल सुधिरको युट्युब च्यानल ’सुधिर श्रेष्ठ सिर्कार’ मार्फत भिडियो सार्वजनिक गरिएको हो । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।