काठमाडौँ -काठमाडौं महानगरको प्रमुखमा बालेन साहले १३ हजार ६ सय ६१ मतको अग्रता लिइरहेका छन्।
महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेनले २९ हजार ५ सय ८२ मत ल्याएका छन्।
नेकपा एमालेका केशव स्थापितले १५ हजार ९ सय २१ ल्याएका छन् ।
यस्तै सत्ता गठबन्धनको समर्थनमा उठेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १५ हजार १० मत ल्याएकी छन् ।
महानगरपालिकामा उपमेयरतर्फ नेकपा एमालेकी सुनिता डंगोल प्रतिस्पर्धी रामेश्वर श्रेष्ठसँग झण्डै १८ हजार मतले अघि छिन् ।
डंगोलले २६ हजार ५ सय ७५ मत ल्याउँदा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५ सय ९१ मत ल्याएका छन् ।