पाल्पा । नेकपा एमाले,रैनादेवी छहरा वडा नं.६ जुठापौवामा मंगलवारदेखि मिसन ग्रासरुट अभियान प्रारम्भ भएको छ । एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य ओमबहादुर घर्तिमगरले जनताका घरदैलोमा पुगेर आधारभूत समस्याहरु पहिचान गर्ने, सुन्ने र पार्टीका नीति,विचार,सिद्धान्त र दृष्टिकोण बताउने अभियान भएको बताउनु भयो। साथै, उहाँले नेपालमा रहेका क्रियाशील पार्टी र नेकपा एमाले बिचको अन्तरका बारेमा समेत सहभागीहरुलाई जानकारी गराउनुभयो । एमाले नै विकास निर्माण र समृद्धिको बाहक रहेको उहाँले बताउनु भयो ।
सोही अभियानमा एमाले जिल्ला कमिटी सचिवालय सदस्य दलबहादुर गुरुङले अभियानमा नेता,कार्यकर्ता,पार्टीका शुभचिन्तक अनि समर्थकबीच भेटघाट र अन्तर्कियात्मक छलफलका लागि
सुनौलो अवसर रहेको बताउनु भयो । उहाँले अभियानका क्रममा नयाँ सदस्यता अभिवृद्धि गर्ने,पार्टी सदस्यता नवीकरण गर्ने र कमिटीहरु पुनर्गठन गरिने बताउनु भयो ।
उक्त अभियानमा जिल्ला कमिटी सदस्य झपेन्द्र रायमाझी,पालिका कमिटीका अभ्यक्ष रामप्रसाद ज्ञवाली,अखिल नेपाल किसान संगठनका पाल्पा अध्यक्ष यमबहादुर राउत लगायतले ग्रासरुट अभियानले पार्टीलाई उर्जाशील र सदस्यहरुलाई उत्साह थपेको बनाएको बताउनु भएको छ ।
अभियानकै क्रममा खिमबहादुर सोमरेको अध्यक्षतामा वडास्तरीय कार्यसमिति पुनर्गठन गरिएको छ । अखिल नेपाल किसान संगठन वडास्तरीय कमिटीको नारायण पौडलको अध्यक्षतामा गठन गरिएको छ ।
समितिका सबैलाई प्रदेश कमिटी सदस्य ओमबहादुर घर्तिमगरले शपथग्रहण गराउनु भएको थियो ।