images
images

यस्तै हो भने फेरि सभापति हुन्छु: देउवा

काठमाडौँ - सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरोध गर्ने नेताहरूलाई हप्काउँदै हिम्मत भए एक्लै चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।

आफूलाई जिस्क्याउने हो भने विधान संशोधन गरेर तेस्रो पटक सभापति बन्न सक्ने समेत चेतावनी दिएका छन् । केन्द्रीय कार्य समितिको बुधवारको बैठकमा सञ्जय गौतम, रामशरण महतलगायतका नेताहरूले गठबन्धनले कांग्रेस कमजोर हुने तर्क गरेपछि सभापति देउवा आक्रोश र व्यङ्ग्य मिश्रित भावमा प्रस्तुत भएका थिए ।

गठबन्धनले चुनाव जितिएला तर कांग्रेस भने हार्ने भयो भन्ने केन्द्रीय सदस्य सञ्जय गौतमलाई तत्काल जवाफ फर्काउँदै देउवाले यस्तै हो भने आफू विधान संशोधन गरेर फेरि सभापति बन्नुपर्ने अवस्था आउन सक्ने बताए ।

देउवाले भने, ‘मलाई धेरै नजिस्काउनुस् । गठबन्धन गरेर चुनाव जिताएर बलियो पार्टी बनाएर योग्य नेतालाई नेतृत्व छाड्न चाहन्थेँ । यस्तै गर्नुभयो भने विधान संशोधन गरेर फेरि सभापति हुन सक्छु ।’ देउवाले गठबन्धनकै कारण चुनाव जितिएको भन्दै विपक्षमा बोल्नेहरूलाई एक्लै जितेर देखाउन चुनौती दिए । बैठकमा रामशरण महतले पनि कमजोर ठाउँमा मात्र गठबन्धन गर्नुपर्ने बताएका थिए ।सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरोध गर्ने नेताहरूलाई हप्काउँदै हिम्मत भए एक्लै चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।

आफूलाई जिस्क्याउने हो भने विधान संशोधन गरेर तेस्रो पटक सभापति बन्न सक्ने समेत चेतावनी दिएका छन् । केन्द्रीय कार्य समितिको बुधवारको बैठकमा सञ्जय गौतम, रामशरण महतलगायतका नेताहरूले गठबन्धनले कांग्रेस कमजोर हुने तर्क गरेपछि सभापति देउवा आक्रोश र व्यङ्ग्य मिश्रित भावमा प्रस्तुत भएका थिए ।

गठबन्धनले चुनाव जितिएला तर कांग्रेस भने हार्ने भयो भन्ने केन्द्रीय सदस्य सञ्जय गौतमलाई तत्काल जवाफ फर्काउँदै देउवाले यस्तै हो भने आफू विधान संशोधन गरेर फेरि सभापति बन्नुपर्ने अवस्था आउन सक्ने बताए ।

देउवाले भने, ‘मलाई धेरै नजिस्काउनुस् । गठबन्धन गरेर चुनाव जिताएर बलियो पार्टी बनाएर योग्य नेतालाई नेतृत्व छाड्न चाहन्थेँ । यस्तै गर्नुभयो भने विधान संशोधन गरेर फेरि सभापति हुन सक्छु ।’ देउवाले गठबन्धनकै कारण चुनाव जितिएको भन्दै विपक्षमा बोल्नेहरूलाई एक्लै जितेर देखाउन चुनौती दिए । बैठकमा रामशरण महतले पनि कमजोर ठाउँमा मात्र गठबन्धन गर्नुपर्ने बताएका थिए ।