images
images

संसदभित्र मास्क लगाउन सभामुखको रुलिङ

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठकमा सांसदहरूलाई मास्क लगाउन आग्रह गरेका छन् ।

मंगलबार बसेको बैठकमा सभामुख सापकोटाले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण दर बढ्दै गएकोले संसद् बैठकमा उपस्थित हुँदा सतर्क रहन आग्रह गरे ।

‘कोरोना सङ्क्रमण दर बढ्दै गएको माननीय सदस्यहरूलाई विदितै छ । संसद्को बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क लगाउन आग्रह गर्दछु,’ सभामुख सापकोटाले भने ।