images
images

को-को हुदैछन एकीकृत समाजवादीबाट नयाँ मन्त्री ?

काठमाडौँ - सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । सचिवालय बैठकले यसअघि सरकारमा रहेका पाँच जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी हुने नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको जानकारी दिए ।

उनका अनुसार नयाँ मन्त्रीमा भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम मन्त्री बन्ने छन् । त्यस्तै हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।

एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँकी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको हो । त्यसै गरी समाजवादीले स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रीको जिम्मेवारी दिने भएको छ ।