काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम राष्ट्रपति भण्डारीले अष्ट्रेलियाका लागि कैलाशराज पोखरेल र इजरायलका लागि कान्ता रिजाललाई नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको प्रवक्ता सागर आचार्यले जानकारी दिए ।