images
images

पुतलीसडकमा डक एण्ड डोरिस रेष्टुरेन्टको उदघाटन 

काठमाडौँ - राजधानीको पुतलीसडकमा गोर्खा इको प्यानलको प्रयोग गरेर बनाइएको साहुकाजी छें (भवन) मा शुक्रबारदेखि डक एण्ड डोरिस नामक नयाँं रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । रेष्टुरेन्टको उदघाटन नेपाली कांग्रेस वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री  प्रकाशमान सिंहले एक समारोहवीच गरे ।

काठमाडौं महानगरपालिका वडा नं २९ पुतलीसडकस्थित साहुकाजी छें(घर) मा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो। सिंहदरवारको उतरपटीको पुतलीडकको किनारामा रहेको पहिलो तल्लाको साहुकाजी छेंमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । रेष्टुरेन्टको भुई तल्लामा पुस्तक पसल रहेको छ । माथिल्लो तल्लामा गोर्खा इको प्यानलको काठमाडौं शाखा कार्यालय रहेको छ ।

डक एण्ड डोरिस रेष्टुरेन्ट प्रालिका प्रबन्धक निरज मानन्धरले रेष्टुरेन्टमा विहानको ब्रेकफाष्ट, लन्च र डिनर आदि पाइने बताए। रेष्टुरेन्टको मुख्य विशेषताको रुपमा स्वस्थ अनि सस्तो सेवा रहेको उहाँं बताउँछन्। ‘सामान्यतया साधारण रेष्टुरेन्टमा भन्दा हामी सस्तोमा सेवा दिन्छौं, उनले थपे, ‘सस्तो भन्दा पनि स्वस्थकर खाना हाम्रो पहिलो प्राथमिकता हो’। मासुहरु जहाँंपायो त्यहीबाट नकिनेर विशेष स्थान जहाँं आइएसओ सर्टिफाइ छ, त्यस्ता ठाउँंबाट मात्र मासुलागयतका खाद्यान्न किनेर तयार पारिने उनको भनाई छ ।

रेष्टुरेन्टको नाम अथ्र्याउँंदै उनी रेष्टुरेन्टको नाम स्कटल्याण्ड देशका स्कटिस भाषाबाट राखेको बताउँछन् । उनका अनुसार स्कटिस भाषामा डक एण्ड डोरिसको अर्थ कुनै एक क्षणमा छुटिने बेलाको अन्तिम ड्रिक्स हो । काठमाडौं उपत्यकामा भोजभटेर वा ग्याडरिंगमा छुटिने बेलामा अलिकति भए पनि पिउने चलनलाई आत्मसाथ गरी रेष्टुरेन्टको नाम छनौट गरेको उनको भनाई छ ।