images
images

सफाईकर्मीका निम्ति जनचेतनामूलक प्रशिक्षण कार्यक्रम

अनलाइन बहस 
स्टील वर्कर्स ह्यूमानीटी फण्ड र आई.सी.ए नेपालको संयुक्त आयोजनामा महिला सफाईकर्मीहरुका निम्ति आयोजना गरिएको दुई दिवसीय जनचेतनामूलक प्रशिक्षण कार्यक्रमको आज एक समारोहका बीच समापन भयो । ३० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा फोहर मैलाको व्यवस्थापन कसरी गर्न सकिन्छ, शारिरिक चोटपटकबाट बच्न कसरी सावधानी अपनाएर काम गर्ने तथा फोहर व्यवस्थापन गर्दा हुने हानीबाट बच्ने उपायहरु बारे बताइएको थियो । कामदारहरुको सामाजिक सुरक्षा जस्तै बीमा हुनुपर्ने तथा कामदारहरुले पाउनुपर्ने सुविधाहरुको बारेमा कम्पनी जिम्मेवार हुनु पर्ने बारेमा पनि उक्त कार्यक्रममा छलफल गरियोे । उक्त कार्यक्रममा नेतृत्व विकास महत्व तथा फोहरमैला व्यवस्थापनमा यस्को महत्वबारे छलफल गर्दै व्यवहारिक अभ्यासहरुसमेत गरियो । 

 

आई.सी.ए नेपालका सहजकर्ताहरु मिना आचार्य, अनुपा केशी, कविता यादव र रोजिना आचार्य द्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा सहभागीहरुले सरसफाई, सुरक्षा आदि विषयमा आफ्ना विचार राखेका थिए ।