images
images

नेपाली युवा उद्यमी मञ्चको पोखरा लोमान्थाङ मोटर र्याली

काठमाडौं, कार्तिक १७ (रासस)
नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले पोखरा–लोमान्थाङ मार्गमा  मोटर र्याली आयोजना गरेको छ । कास्कीको  पोखरादेखि चीन र नेपालको सिमाना कोरलासम्मको र्याली आज पोखराबाट सुरु भएको हो । 

कात्तिक २० गतेसम्म  हुने उक्त मोटर ¥यालीको नारा ‘आन्तरिक पर्यटनका लागि सबैसँगै’ रहेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी शाखा प्रमुख काशीराज भण्डारीले  झण्डा हल्लाएर र्याली उद्घाटन गर्दै सहभागी टोलीलाई बिदाइ पनि गरे । 

कोरोनापछि थलिएको पर्यटन क्षेत्रलाई यस र्यालीले माथि उकास्न सहयोग गर्ने प्रमुख उनले बताए । यस कार्यक्रमले आपसी भाइचारा बढाउँदै आन्तरिक तथा बाह्य पर्यटनमा सहयोग पुग्ने प्रमुख भण्डारीको भनाइ थियो । भविष्यमा उद्योगको क्षेत्रमासमेत योगदान पुर्याउनसक्ने युवा उद्यमीले र्याली आयोजना गर्नु नै हरेक क्षेत्रबाट महत्वपूर्ण रहेको उनले बताए । 

सातवटै प्रदेशका विभिन्न च्याप्टरका  ६० भन्दाबढी सदस्य तथा युवा उद्यमी र्यालीमा सहभागी छन् । आन्तरिक पर्यटनलाई प्रवर्धन गर्न मोटर र्याली देशव्यापीरुपमा आयोजना गर्दै जाने नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष रितेश लामिछानेले जानकारी दिए । मञ्चले यसभन्दाअघि मेची महाकाली मोटर र्याली गरिसकेको छ । 

स्थानीय संस्कृतिलाई प्रचारप्रसार गर्न यसले टेवा पुर्याउने नेपाली युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुयस मल्लले बताउनुभयो । यसबाट मुस्ताङको भौगोलिक अवस्था र संस्कृति बुझ्नाका साथै सबै च्याप्टरका पदाधिकारीबीच भेटघाट गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको र यसबाट गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा केही भए पनि राहत मिल्ने उनले उल्लेख गरे ।