काठमाडौँ - नेपाली कथानक चलचित्र दोख आजबाट देशभर प्रदर्शनमा आएको छ।
अनुप बरालद्वारा निर्देशित चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हो।
चलचित्रमा तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वको कथावस्तु समेटिएकाे छ।
चलचित्रमा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ भने राजन कठेतको कथा रहेको छ।
चलचित्र सविन ज्ञवाली र मनोज अधिकारीले निर्माण गरेका हुन्।