images
images

संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौँ - संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। त्यस्तै विभिन्न विधेय, प्रतिवेदन र सन्देश टेबुल हुने कार्यसूची छ।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा नेपालको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको २०७७/२०७८ काे वार्षिक प्रतिवेदन पेश गर्ने लगायतका कार्यसुचि रहेको छ ।

यस्तै राष्ट्रिय सभाको बैठक पनि दिउँसो एक बजे नै बोलाइएको छ।