images
images

बिजबजारको भारी छुट सहितको “२० मा बिज” क्याम्पियनमा सपिङ गरी स्मार्टफोन जित्ने अवसर

काठमाडौँ - नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा बिच” नामक क्याम्पियन अन्तर्गतको असार महिनाको क्याम्पियन असार १९ गते राती १२ बजे देखि २२ गते सम्म लाइभ हुने भएको  । 

यही असार २० गतेका दिन बिजबजारले अपराह्न ४ बजे देखि राति ८ः२० बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप तथा खेलहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् । 

यस क्याम्पियन अन्तर्गतको "SAVE BIG" योजनामा सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र, फ्ल्याट एमाउन्ट डिस्काउन्ट भारी रकम छुट प्राप्त गर्न सक्नेछन् भने लक्की ड्र योजना अन्तर्गत कम्तीमा तीन हजार रुपैंयाँ बराबरको सामान खरिद गर्ने सेवाग्राहीहरू मध्ये एक भाग्यशाली ग्राहकले लक्किड्र मार्फत उपहार स्वरूप स्मार्टफोन प्राप्त गर्ने छन् । 

त्यसै गरी असार २० गते, बिजबजार ई–कमर्स प्लेटफर्ममा रजिस्टर्ड हुने नयाँ ग्राहकहरूले १२० बराबरको डिस्काउन्ट कुपन प्राप्त गर्नेछन् । त्यस्तै सेवाग्राहीहरूले बिजबजारको अफिसियल सामाजिक सञ्जाल तथा वेबसाइटमा प्रतिक्रिया दिँदा एक १ रुपैयाँ बराबरको मोबाइल टप अप समेत प्राप्त गर्ने छन् । 

अर्को योजना पानी पर्याे अफर झर्याे अन्तर्गत २० जना भाग्यशाली सेवाग्राहीहरूले बिजबजारको तर्फबाट छुट साथै आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् । क्याच एण्ड वीन खेलमा सहभागी हुँदा सेवाग्राहीले ५ वटा आकर्षक उपहार जित्न सक्ने छन् भने गेस द प्रोडक्ट खेल खेल्दा मोबाइल टप अप समेत प्राप्त गर्न सक्नेछन् । 

सँग-सँगै सो Campaign का दिन “यसमै छ खुसी“ योजनामा अफरहरूको टाइमर सेट हुनेछ जस्मा सेवाग्राहीहरूले समय अनुसार परिवर्तन हुने विभिन्न दरमा छुट प्राप्त गर्न सक्नेछन् । साथै हेल्थ एण्ड व्युटी, गो स्र्पोट्स क्रेजी, बेवी डिल्स जस्ता अन्य अफर र योजनाहरू समेत रहेका र २० मा बिचका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ । 

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै बिजबजार अनलाईन सपिङ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै बिजबजार डट कम डट एन पी टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।