काठमाडौं, माघ १६
अनलाइन बहस
महिनावारी महिलाको गर्भाशयको भित्री अस्तर रगत र ऊतक योनीबाट निष्कासन हुने प्रक्रिया हो ।
साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ ? कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ भित्रमा सकिन्छ ।
महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।
महिनावारी भएको बेला स्वास्थ्य तथा सरसफाईमा ध्यान दिनुपर्ने कुराहरु:
१) महिनावारी भएको बेला सेनिटरी नेपकिन नै प्रयोग गर्नुपर्दछ ।
२) महिनावारी भएको बेला प्रयोग गरेको कपडा राम्रोसँग सफा गरेर, घाममा सुकाएर मात्र पुन प्रयोग गर्नुलर्दछ ।
३) सेनिटरी नेपकिन वा कपडा प्रयोग गरीसकेपछी साबुन पानीले सफा गरी हात धुनुपर्छ ।
४) सेनिटरी नेपकिन वा कपडाको अवस्था हेरेर पटक पटक फेर्नुपर्दछ ।
५) सेनिटरी नेपकिन फेरेपछि प्रयोग गरेो नेपकिन डिसपोजल गर्न डिसपोजल मेसिन या कुनै घरको खालि जमिनमा गाड्नुपर्दछ । गाडेको केही महिनामा नै यो सडेर माटोमा मिल्दछ ।
६) आफ्ना यौन अंगहरुलाई सफा राख्नुपर्दछ ।
७) महिनावारी हुदाँ प्रयोग हुने नेपकिन प्रत्येक ४-५ घण्टामा फेर्नुपर्दछ ।
८) सधै नुहाउने र आफ्नो शरीर सफा राख्नुपर्दछ ।
९) महिनावारी भएको बेला झोल तथा पोषणयुक्त खाना खानुपर्दछ ।