काठमाडौ, माघ २८ (अनलाईन बहस)
सामाजिक कलाकारिता सम्बन्धि तीन दिने राष्ट्रिय सम्मेलनको आज एक समारोह बीच सुरुवात गरियो । विगत २० वर्ष यता सामाजिक कलाकारिता तथा सामाजिक नेतृत्व विकास प्रयोग गर्ने तथा यस्का अप्रयोगकर्ताहरु बीच छलफल गर्ने उद्देश्यले आई.सी.ए नेपालको संयोजनमा यो कार्यक्रमको आयोजना गरिएको हो । नेपाल तथा विदेशका करिब ७० जना व्यक्तिहरुको सहभागिता रहेको यो सम्मेलन माघ २९ गते सम्म चल्नेछ । नेपाल तथा विदेशका अनुभव समेटिएका २० वटा कार्यपत्रहरु यस सम्मेलनमा प्रस्तुत गरिनेछ ।
सम्मेलनको उद्घाटन सामाजिक कलाकारिताका
अन्तराष्ट्रिय बिज्ञ सहजकर्ता जेनेट सेण्डर्सले पानसमा बत्ती बालि गर्नु भयो । कार्यक्रममा सम्बोघन गर्दै त्रिविविका प्राध्यापक तथा यस प्रारुपलाई नेपालमा ल्याउने डा. तत्व तिम्सिनाले समाजिक कलाकारिताको नेपालको २० वर्षे इतिहास प्रस्तुत गर्नु भयो । आई.सी.एका कार्यकारी अध्यक्ष इशु शुब्बा, सामाजिक कलाकारिता अभियानका नेपाल संयोजक अम्बादत्त भट्ट, अन्तराष्ट्रिय विज्ञ ब्लेज शेण्डस सम्बोधनले गर्नु भएको यस सम्मेलनमा सामाजिक कलाकारिता र संस्कृति, प्रविधि हस्तान्तरण, सहजीकरण शीप आदिबारे विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गरिनेछ ।