images
images

मुक्तिनाथ विकास बैंक आईक्यानद्धारा लगातार तेस्रो पटक पुरस्कृतक

काठमाडौँ - नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७७-०७८ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको छ । यो पुरस्कार बाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५-०७६ , २०७६-०७७ र २०७७-०७८ गरि लगातार तीन पटक पुरस्कृत भएको हो ।

आईक्यानले बेष्ट प्रिजेन्टेड एयानुअल रिर्पोट अवार्ड विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो । ति विधाहरुम बैंकिङ्ग क्षेत्र (वाणिज्य बैंक समूह), वित्तीय क्षेत्र (विकास बैंक र वित्त कम्पनी समूह), बीमा क्षेत्र, सार्वजनिक निकाय र सामान्य क्षेत्र रहेका छन् । विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गर्नुभएको थियो । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत बैंकलाई दिईने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमक मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।