images
images

सगरमाथा इन्स्योरेन्सद्धारा १२ करोड रुपैंयाँ दावी भुक्तानी 

काठमाडौं - सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड रुपैंयाँ दावी भुक्तानी गरेको छ । कम्पनीका अनुसार आर्थिक बर्ष २०७८ मा आएको बाढी पहिरोको कारणले भएको क्षति अन्तर्गत दावी वापत मादी पावर प्रा.लिलाई १२ करोड तीन लाख नौं हजार तीन सय ५२ रुपैंयाँ भुक्तानी गरेको छ ।

उक्त रकम बराबरको चेक मादी पावर प्रा. लि का जनरल म्यानेजर वी जोन्छाउलाई सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्तान्तरण गरेका हुन ।

सगरमाथा इन्स्योरेन्स कम्पनी दावी भूक्तानीमा संमेदनशिल रही आफ्नो ग्राहकहरुलाई यथासक्य चाँडै दावी भूक्तानी गर्न प्रयत्नशिल रही आएको जानकारी दिएको छ । कम्पपनीले यस आर्थिक बर्षमा एक अर्ब अर्ब ५३ करोड रुपैंयाँ बराबरको दावी भुक्तानी गरिसकेको जानकारी दिएको छ ।