– हरि पथिक
- मेरी उनी र म
४५६ पृष्ठको यो कृति राम प्रसाद कोइरालाद्वारा लिखित एक मन छुने आत्म बृत्तान्त हो जस्लाई घोस्ट राइटिं नेपालले यही २०७९ मा प्रकाशित गरी बजारमा ल्याएको हो ।लेखकले यो कृति आफ्नी पूजनीय हजुरआमा स्व। कुबिजादेबीप्रति सादर समर्पण गरेका छन् ।यो कृतिको केन्द्रीय पात्र पनि उनै हुन् । लेखक वर्षौंसम्म युनिसेफमा कार्यरत रहे ।त्यहाँ कार्यरत रहँदा उनले पाएको शिक्षादिक्षा दशकौं पहिले नै उनले आफ्नै उनी अर्थात् हजुर आमाबाट पाइसकेको अनुभूत गरेको चित्रण गरेकाछन् — यस कृतिमा । यसै अर्थमा उनले आफ्नी हजुर आमालाई “ उनीसेफ “ समेत भनेका छन् । उनीप्रति असीम आभार तथा कृतज्ञता अभिब्यक्त गरिएको छ । यस्मा लेखकले आफ्नी आज़माको अति सोझोपन , सत्यबादिता र समाजसेबाबारे पनि मार्मिक चित्रण गरेका छन् । प्रकारान्तरले यो कृतिमा तत्कालीन राजनीतिक , सामाजिक ब्यबस्था नारी जातिप्रति कति कठोर र असहिष्णु रहेछ भन्ने रोचक इतिबृत्तान्त पनि पठनीय किसिमले प्रस्तुत गरिएको छ ।यसभित्र समकालीन समाजमा महिलाहरूको स्थानबारे यथार्थपरक , मार्मिक , रोचक एबं सटिक चित्रण र दर्पण पढ्न पाइन्छ ।
शुरुदेखि अन्त्यसम्म न रुकेरै पढिरहन मन लाग्ने आकस्मिक उत्सुकताको बिशेषतापूर्ण निरन्तरताले पुस्तकको शैलीगत सौन्दर्य पनि स्तूत्य नै मान्नु पर्दछ ।
यसभित्र एउटा खट्किने कुरा पनि पाउन सकिन्छ । त्यो के भने “ आमाको महिमा
त्यस्ती महान् आमाको परिबन्दगत एक बिढम्बनापूर्ण परिबाद्यताले सिर्जेको कथा(ब्यथा र उनभित्रको महत्तासित जोडिएका सामाजिक, मानसिक, मनोबैज्ञानिक पक्षहरूको यथेष्ट बिबेचना गरिएको छैन । लेखनमा आमाप्रत न्याय भएन , यथोचित मूल्यांकनमा कन्जुस्याँईं भयो भन्ने प्रश्न उठ्छ । पृष्ठसंख्या , साजसज्जा र वर्तमान महंगीको अनुपातले प्रति पुस्तक मूल्य रु। ७५०र अनुपयुक्त भन्न मिल्दैन ।
मेरो बिचारमा यो कृति समकालीन परिबेश बुझ्न , साहित्यिक प्यास मेट्न र समाज सेवा र महिलाहरू संबन्धी मूल्य मान्यता र उनीहरूका पिडाहरुसित गाँसिएका गुह्य कुराहरू बुझ्न सहयोगी सिद्ध हुन सक्दछ । यस अर्थमा यो कृति पठनीय एबं संग्रहणीय दुबै छ । लेखक कोईराला तथा घोष्ट राइटिंग नेपाल दुबैलाई धन्यबाद । प्रतिभाको हिसाबले लेखकबाट आगामी दिनमा अन्यान्य कृतिहरूको पनि अपेक्षा गर्न सकिन्छ ।उहाँप्रति उत्तरोत्तर प्रगति हेतु हार्दिक शुभकामना ।
- राम प्रसाद कोइराला