कामधेनु दुधको खीर बाट श्री राम, लक्ष्मण, भरत, शत्रध्न प्रकट हुनुभएको हो कुरा हामी सबैले रामायण मा पढेकै छौ ।भगवान रामले आफ्नो माता संग भन्नू भएको भियो कि, माता म हजुरको परित्याग गर्न सक्छु , लक्ष्मणको परित्याग गर्न सक्छु तर गाईको परित्याग गर्न सकदिन। यति धेरै महत्व भगवान श्री रामले गाईलाई दिनुभएको थियो एउटा गाईमा यस्तो के होला जसलाई भगवानहरुले, वेदले, ऋषिमुनीहरुले ,राजाहरुले महत्व दिनु भयो भन्ने बारे अनुसन्धान गर्नु हामी सम्पुर्ण सनतनीहरुको परम कर्तव्य हो।
श्री राम चरित मानसमा श्री हनुमान जी ले सनातन धर्मको रहस्य बुझाउदै भन्नुहुन्छ कि, जसले हामी प्रती अलिकति पनि उपकार गर्दछन् उसको प्रती सधै कृतज्ञ रहनु पर्दछ, यहि नै सनातन धर्म हो। गाईले आफ्नो तन, मन र प्राणले रोम रोमले दूध,दहि,घ्यू,मुत्रले केवल आफ्नो उपस्थिति मात्रले,आफ्नो श्वास प्रस्वासले, सम्पुर्ण जगतको कल्याण गाईले गरिरहेकि छिन् । गाईको महत्व बुझेर गाई प्रती हामी कृतज्ञ हुनु पर्दछ यहि नै सनातन धर्म हो। जसको हृदय निर्मल छ, विचारमा गहनता छ उसले मात्र गाईको तत्वलाई बुझ्न सक्दछ ।तन , मन , प्राणले गोभक्तिमा समर्पण गरिसक्नु भएको भक्तहरुमा मात्र यस्तो भावना आउन सक्दछ। जसको अन्तकरण पवित्र भईसकेको छ उसले मात्र गो तत्वलाई बुझ्न सक्दछन् । सत्व , रज र तम रहित चित्त र बुध्दि गुणातित भइसकेकोहरुले मात्र गो पदार्थलाई बुझ्न सक्दछन्। अहिलेको मुल समस्या भनेको रजो गुण र तमो गुणको बुध्दि हुनुको हो र यस्तो बुध्दि गाईको सेवा गाईको भक्ति र गव्य पदार्थको सेवन गरे मात्र मनुष्यमा सात्विक बिचार ल्याउदछ।
मेरो गुरु महाराज ले भन्नु हुन्छ कि, गाईको सेवा बिना गाईको बारेमा बोल्ने अधिकार कसैलाई छैन। त्यसैले कुनै न कुनै माध्यम बाट गाईको सेवा गरेको छौ भने मात्र गाईको विषयमा बौल्ने अधिकारी हुन्छ । जस्तो सुकै विरोध , बाधा आइरहे पनि गाइको सेवा कुनै न कुनै माध्यम बाट गर्ने प्रयास मेरो जारी छ रहेको कारण आज म गाई सम्बन्धि लेख हरु पोस्ट गर्ने गरेको छु। जब सम्म गाई पशु हो भन्ने भाव छ गौ भक्ति जाग्दैन भन्ने कुरा पनि हामीले बुझ्नु जरुरी छ।
भक्ति योग, ज्ञान योग होस् या कर्म योग यी मध्ये सबै भन्दा उपयुक्त साधन भनेको नै भक्ति योग हो। भक्तियोग बाट नै प्रेम रसको अनुभव प्राप्त हुन्छ। श्रीमद् भागवद् महापुराणमा उल्लेख गरिएको छ कि,
अकाम सर्वकाम वा मोक्ष काम उदारधी।
तीव्रेण भक्तियोगेन यजेत पुरुषं परम्।।
उदार बुध्दिवाला पुरुष निष्काम होस् वा समस्त भोगको इच्छुक,वा मोक्ष प्राप्तीको इच्छा गर्नै वाला होस् उसले तिव्र भक्तियोग बाट परम पुरुष भगवान बासुदेवको आराधना गर्नु पर्दछ। जीव भगवानको प्राप्तिको लागि कहाँ कहाँ भट्किदैनन् ठिक साधन नभएको कारण लक्ष्यको प्राप्तिमा बिलम्बन हुनु स्वभाविक हो ।सबै साधनहरुमा गौ सेवा सबै भन्दा ठूलो साधन हो जसले भगवद् प्राप्ती सहज हुन्छ किनकि भगवानको पनि ईष्टदेव गाई हुन्।गाई बिना भगवान श्री कृष्ण प्रसन्न रहनुहुन्न। गोपी श्री कृष्णको प्रिय हुन् ,गोपी भनेको नै जुन नारीले गाईको सेवा गर्छिन् , संरक्षण गर्दछिन्। त्यहि नारी गोपी हुन्। गाई र गोपीको साथ भगवान सदा खेल्ने गर्नुहुन्छ। श्री मद् भागवद् पुराणमा पनि गौ सेवा नै श्री कृष्णको प्रत्यक्ष आश्रय हो भनेर उल्लेख गरेको पाउदछौ। श्री कृष्णको चरण प्राप्ती नै गौ माताको सेवा हो र जसको सेवा बाट भगवानको भक्तिप्राप्त हुन्छ त्यसमा कसैको मन छैन ।
जय गौ माता !