images
images

बुटवलमा उद्यमशीलता तालिम !

बुटवल । हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टर बुटवलले फागुन ३० गतेदेखि चैत ३ गतेसम्म आयोजना गरेको व्यवसाय  सञ्चालन तथा उद्यमशीलता तालिमका सहजकर्ता दलबहादुर गुरुङले बिहीबार महिला उद्यमशीलता, यसका आधारहरु,समस्या,चुनौती,लघु-उद्यम, सञ्चार, सफलताका कथाका विषयमा सहजीकरण गर्नुभएको थियोे ।
तालिममा व्यवसाय सञ्चालनका आधारहरु,दर्ता प्रक्रिया र महिलाहरुलाई गरिने सशक्तीकरणका विषयमा गीतारानी बलाल, इन्दिरा अर्याल र तिलक थापाले सहजीकरण गरिरहेका कुरा तालिम सेन्टर सञ्चालक एवम् सामाजिक उद्यमी हीरा पेग्मी,तामाङले बताउनुभयो । 
बुटिक पेसामा शिक्षित महिलाका सार्थक सहभागिता रहेको बताउने हीराले युवा पुस्ताका महिलाहरुलाई यो पेसा फिट हुने र गरिखाने गतिलो माध्यम रहेको सुनाउनुभयो । तालिममा २७ जना महिलाहरुको सहभागिता रहेको छ ।