images
images

जहाज उडानमा कडाइ

काठमाडौँ - नेपाल नागरिक उड्यन प्राधिकरणले अबदेखि प्रस्थान गर्ने र गन्तव्यमा पुग्ने ‘इनरुट’ को मौसम सफा भए मात्रै विमानलाई उडान अनुमति दिने भएको छ । आइतबार तारा एयरको विमान दुर्घटनामा परी २२ जनाको मृत्यु भएपछि प्राधिकरणले जहाज उडान अनुमतिमा कडाइ थालेको हो ।

तारा एयरको बिमान दुर्घटनाको कारण प्रतिकूल मौसम रहेको हुनसक्ने प्राधिकरणको प्रारम्भिक अनुमान छ । नेपाल नागरिक उड्यन प्राधिकरणको प्रवक्तासमेत रहेका निमित्त उपमहानिर्देशक देव चन्द्रलाल कणर्ले अब प्रस्थान गर्ने र गन्तव्य विमानस्थलका साथै उक्त रुटमा पर्ने स्थानको मौसम सफा भए मात्रै उडान अनुमति दिने निणर्य गरिएको जानकारी दिए ।

पहिले उडान गर्ने विमानस्थल र गन्तव्य विमानस्थको मौसम हेरेर उडान अनुमति दिइँदै आएको थियो । अब प्रस्थान र गन्तव्य विमानस्थलको मात्रै मौसम सफा भएर हुँदैन । गन्तव्यको ‘इनरुट’ मा पर्ने स्थानको पनि मौसम ठिक छ कि छैन मौसम विभागबाट निश्चित भएपछि मात्रै उडान अनुमति दिइने भएको छ ।