images
images

परिकल्पना नेपालले दोस्रो राष्ट्रिय सम्मेलन गर्दै 

काठमाडौं, माघ २९ (अनलाईन बहस)
परिकल्पना नेपाल (इमाजिन नेपाल) ले आगामी चैत्र १० र ११ गते काठमाडौंमा दोस्रो राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । सकारात्मक सोधखोजको क्षेत्रमा कार्यरत तथा अभिरुचि राख्नेहरुलाई एकै थलोमा ल्याई अनुभव साटासाट गर्ने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनको  मुख्य आयोजक कमिटिमा डा.ध्रुव आचार्य संयोजक रहनुभएको छ भने सदस्यहरुमा डा.आर.सी लामिछाने र अश्विन पुडासैनि हुनुहुन्छ । कार्यक्रमको सहप्रायोजकको जिम्मा आई.सी.ए नेपालले लिएको छ ।  । कार्यक्रमबारे विस्तृत विवरण केही दिनमा ल्याइने कुरा डा.आचार्यले बताउनु भयो । 
इमाजिन नेपाल विगत दुई दशक भन्दा लामो समयदेखि सकारात्मक सोधखोज गर्ने कार्यमा प्रतिबद्ध संस्था हो । अन्तराष्ट्रिय स्तरमा एप्रिसिएटिभ इन्क्वारी सँग सम्बद्ध इमाजिन नेपालले विगतमा राष्ट्रिय सभा सम्मेलन, तालिम आदि  सञ्चालन गर्ने गरेको छ । संस्थाका अध्यक्ष प्रा.डा.तत्वप्रसाद तिम्सिनाले हुन गइरहेको सम्मेलनले समग्र क्षेत्रमा सकारात्मक वातावरणको सिर्जना गर्ने काममा अहम भूमिका खेल्न सक्ने कुरा बताउनु भयो ।