पाल्पा, चैत २७, अनलाइन बहस ।
पाल्पा जिल्लाको रैनादेवी छहरा, वडा नं. ६ चहलाफाँट, नयाँ बस्तीमा नेकपा ( एमाले)को मिसन ग्रासरूट अभियान सोमबार सम्पन्न भयो ।
पार्टीको लुम्बिनी प्रदेश कमिटीका सदस्य एवम् अभियन्ता ओमबहादुर घर्तीमगरले मिसन ग्रासरूट अभियानले जनताका घरदैलामा पुगेर जनताका दुख, सुख बुझ्ने,विकास निर्माणका लागि पहिल गर्ने बताउनु भयो । अभियानमा पार्टीको नीति, विचार, सिद्धान्त, योजना तथा कार्यक्रमहरू जनताका बिचमा लैजान अभियान सफल रहेको बताउनु भयो । त्यसै गरी पाल्पा जिल्ला पार्टी स्कुल विभाग प्रमुख दलबहादुर गुरुङले अभियानले पार्टी सदस्यहरूको सदस्यता नवीकरण र नयाँ सदस्यता अभिवृद्धिमा सहयोग मिलेको बताउनुभएको छ । जिल्ला कमिटी सदस्य झपेन्द्र रायमाझीले स्थानीयहरूलाई पार्टीले विकास निर्माणसँग जोडेर लैजाने बताउनु भयो ।
अभियानमा सावित्रा राना, खिमबहादुर सोमरे, प्रेमबहादुर थापाले मिसन ग्रासरूट अभियानले जनता र नेतालाई जोड्ने काम गरेको बताउनु भयो । अभियानकै क्रममा मानबहादुर पुनको अध्यक्षतामा पार्टीको टोल कमिटी गठन भएको छ ।