images
images

शब्द: जीवन बदल्ने शक्ति !

काठमाडौँ, १६ वैशाख:

वास्तवमा शब्द हाम्रो विचार र भावनाको व्याख्या अनि परिमार्जित रूपमा प्रस्तुत गर्ने कविता, गीत वा कथा रचना गर्ने माध्यम हुनुका साथै मानिसको सञ्चारको सबैभन्दा नजिकको स्रोत र विचार हो र यो ज्ञान प्रकट गर्ने माध्यम पनि हो । ‘शब्द पछिको संसार’  मेरो पहिलो प्रकाशित पूर्व लेख हो । जसमा मैले अनुभव र आत्म– सिकाइलाई आधार मानेर शब्दहरूका प्रयोगको सम्बन्धमा आफ्ना विचारहरू यहाँहरू माझ प्रस्तुत गरेकी थिएँ । आशा छ उक्त लेख यहाँहरूलाई मन परेको छ ।

 

हाम्रा शब्दहरूले अरूलाई कसरी असर गर्छ र हामी कसरी बुद्धिमानी वा विचारपूर्वक तिनीहरूलाई हाम्रो व्यक्तिगत र व्यावसायिक जीवनमा चयन गर्न सक्छौं । यही विषयलाई अघि बढाउने विचारले यो लेख लिएर यहाँहरू समक्ष आएकी छु । शिर्षक फरक भए पनि यो लेख ‘शब्द पछिको संसार’कै निरन्तरता हो ।  

 

१. शब्दको होसियारीपूर्वक छनोट 
एक पटक एकजना राजाले सपनामा देखेछन् । सपनामा उनले  आप्mना सबै दाँत भाँचिएको  र एउटा ठूलो दाँत मात्र बाँकी रहेको देखेका रहेछन् । यस्तो सपना देखेर राजा निकै विचलित भए । राजा बिहानै उठे र आफ्नो मन्त्रीलाई सपना सुनाए अनि त्यसको अर्थ जान्न चाहे । मन्त्रीहरूले सपना विज्ञहरूलाई बोलाएर सपनाको अर्थ सोध्न सुझाव दिए । राज्यमा सपना विशेषज्ञहरूलाई बोलाएर राजाको सपनाको अर्थ बताउन र सही भविष्यवाणी गर्न सक्नेलाई पुरस्कृत गरिने घोषणा राज्यमा गरिएको थियो। एक दिन बितेपछि, एक सपना विशेषज्ञ दरबारमा आए र भने, ‘महाराज ! म तपाईको सपनाको सही अर्थ बताउन सक्छु ।’ राजाले आफ्नो सपना सुनाए र भने, ‘मलाई भन्नुहोस्, यो सपनाको अर्थ के हो ?’ उदास अनुहार लिएर सपना विज्ञले भने, ‘महाराज ! तपाईँको सपना दुःखद छ ।’ यो सपनाले तपाईँको अगाडि तपाईँका सबै आफन्तहरू एक एक गरी मर्ने संकेत दिन्छ ।’ यो सुनेर राजा क्रोधित र दुःखी भए र सपना विशेषज्ञलाई तत्काल गिरफ्तार गर्न आफ्नो सिपाहीलाई आदेश दिए । भोलिपल्ट, अर्को मानिस अदालतमा आयो र भन्यो, ‘महाराज! मलाई तपाईंको सपना बताउनुहोस्, म तपाईंलाई यसको अर्थ बताउन सक्छु ।’ राजाले उनलाई आफ्नो सपना सुनाए । त्यो सुनेपछि त्यस मानिसले केही बेर सोचे र भने, ‘महाराज ! यो राम्रो सपना हो, चिन्ता लिनु पर्दैन, यसको अर्थ  तपाईँ  आफ्ना आफन्तहरू भन्दा धेरै लामो समयसम्म जीवन जिउनु हुनेछ ।’ यो सुनेर राजा खुसी भए । उनले सपना विज्ञलाई धेरै सुनका सिक्का र अन्य उपहार दिए ।

 

यस कथामा दुवै सपना विज्ञहरूले सपनाको अर्थ एउटै बताएको भए पनि एक व्यक्तिलाई कैद गरियो र अर्कोलाई पुरस्कृत गरियो । किनभने पछिल्लो सपना विज्ञले राजालाई सपनाको अर्थ बताउन सकारात्मक शब्दहरू प्रयोग गरे, जबकि पहिलो विज्ञले सकारात्मक र सही शब्दहरूको प्रयोग गरेनन् । एउटै सन्देश प्रवाह गर्ने दुवै विज्ञहरूको तरिका फरक थियो ।  जब हामी केही बोल्छौं, हामी यसलाई कसरी भन्छौं, र त्यो सन्देश दिन हामीले कुन शब्दहरू छान्छौं भन्ने कुराले ठूलो फरक पर्दछ । विना अर्थका शब्दहरूको प्रयोग गर्नु भनेको त्यसको केही कदर नहुनु हो भन्ने कुरालाई यस कथाले स्पष्ट पारेको छ । 

 

२. शब्दहरू अर्थपूर्ण र सम्झनयोग्य  हुन्छन् 
बोल्नुभन्दा अघि शब्दका प्रभावलाई ध्यानमा राखेर सोच्नु र सचेत हुनुपर्छ, किन कि सकारात्मक होस् वा नकारात्मक नै, हामीले प्रयोग गरेका शब्दहरूको अर्थ हुन्छ । सबैभन्दा ठूलो गल्ती भनेको अरू मानिसहरूको जीवनमा हाम्रा शब्दहरूको कुनै मूल्य छैन भनेर विश्वास गर्नु हो । जब हामी अरु व्यक्तिहरूसँग बातचित गर्छौं, तब ती व्यक्तिहरूका सकारात्मकभन्दा नकारात्मक शब्दहरूले हामीलाई धेरै प्रभाव पारेको हुन्छ, ती नकारात्मक शब्दहरू जीवनभरि मन अनि मस्तिष्कमा जरा गाडेर बस्छन् ।
गत साता म एक निर्देशकद्वारा लिखित पोस्ट पढ्दै थिएँ, जसमा उनले आफ्नी छोरी पढाइमा कमजोर रहेकी  र उनी पढ्दै गरेको विद्यालयमा अब उनी पढ्न नपाउने  जस्ता धेरै कुराहरू उल्लेख गरेका थिए ।  जसमध्ये एक पाठकको रूपमा उनी पढाइमा निकै कमजोर भएका कारण उनी अब त्यस विद्यालयमा पढ्न नपाउने गरी ‘यहाँ हामी पढाउन सक्दैनौं अन्तै लैजाऊ’ जस्ता शब्दहरूले ती विद्यार्थी र  परिवारले भोग्नु  परेको तितो अनुभूतिमा दुःख लागेको छ । ती वाक्यहरू अत्यन्त खेदजनक थिए । यस्तो एउटा साधारण टिप्पणीले विद्यार्थीको जीवनमा ठूलो प्रभाव पर्न सक्छ । हुनसक्छ, त्यो परिस्थितिमा शिक्षकको मानसिक अवस्था फरक थियो, आवेशमा आएर भने तापनि वा ती शब्दहरूको कुनै खास अर्थ नभए तापनि, विद्यार्थीले सधै सम्झिरहन्छन्, किन कि उनले आफ्नो शिक्षकमा विश्वास, भरोसा राखेको हुन्छन् ।  हरेक विद्यार्थीहरू क्षमतावान हुन्छन् । सबैको क्षमता विशेष र फरक हुन्छ । सबैमा एकै किसिमको क्षमता हुँदैन । त्यसैले त हामी एकै किसिमको व्यक्तित्व नभएर  फरक व्यक्तित्व हौँ  नि । विद्यालयको परीक्षाले कुनै पनि विद्यार्थीको आन्तरिक क्षमता नाप्न सक्दैन । एक उदाहरणीय शिक्षकले खराब शब्दको छनोटलाई पहिचान गर्न सक्नुपर्दछ र आशा बोकेका, मिहिनेत गर्ने व्यक्ति बन्न हौसला दिने, असल व्यक्ति हुन प्रेरणा र सहयोग गर्ने, सार्थक जीवन जिउनका लागि उत्प्रेरणात्मक शब्दहरूमा ध्यान दिनुपर्छ । एउटा मात्र उदार शब्दले प्रेम, हेरचाह, आशा, जीवन र हौसला प्रदान  गर्न सक्छ ।

 

३. सकारात्मक शब्दहरूको प्रयोग
हाम्रा बिचारहरूमा उत्पन्न हुने र मुखबाट निस्कने शब्दहरू अरुका लागि मात्र होइन, आफ्नै लागि पनि असल हुनुपर्दछ ।  आफुले आपूmलाई कम सोच्नु र आफ्ना बारेमा नराम्रा शब्दहरू जस्तै ः म नराम्रो र  कमजोर छु, मसँग कुनै प्रतिभा छैन, म जीवनमा केही गर्न सक्दिनँ जस्ता शब्दहरूले हामीलाई निरास र असफल बनाउँछ ।  जब हामी सफलतातर्फ जान चाहन्छौँ, तब हाम्रा खराब शब्दहरूले हामीलाई असफलतातर्फ धकेल्छन् । त्यसैले हामीले आफ्नै लागि पनि फलदायी अथवा सकारात्मक शब्दहरू प्रयोग गर्नुपर्छ । अधिकांश समय हामी आफ्ना शब्दहरूलाई महत्व दिइरहेका हुँदैनौँ र समय एवं आन्तरिक क्षमताको दुरुपयोग गर्छौं । ध्यान दिऊँ त ती नकारात्मक शब्दहरूको शक्तिले हामी आफैलाई क्षति पु¥याइरहेको हुन्छ । 

 

४. बोल्नुअघि सोचौँ 
कुनै पनि समस्यामा भावनात्मक र अनियन्त्रित रूपमा बोल्नुको सट्टा, होसियारीपूर्वक विचार गर्ने  र हाम्रा शब्दहरूले अरूलाई कसरी असर गर्न सक्छ भनेर बोल्नुअघि सोच्नु जरुरी हुन्छ । हामीले रोजेका र दैनिक रूपमा प्रयोग गर्ने शब्दहरूले सकारात्मक प्रभाव र परिवर्तन ल्याउन सक्छन् । त्यसैले हामी आपूm स्वयंले हाम्रा शब्दहरूको  मूल्य पहिचान गर्न सक्नुपर्छ । शब्दहरूले मानिसहरूलाई गहिरो चोट पु¥याउन सक्छ, दुखेको हृदयलाई निको पार्न सक्छ वा जीवन बचाउन पनि सक्छ । शब्दहरूमा आफैमा विश्वास तोड्ने शक्ति हुन्छ, जीवनभर टिक्न सक्ने सम्बन्धहरू निर्माण गर्न वा तुरुन्तै झगडा सुरु गर्न सक्ने शक्ति हुन्छ । शब्दहरूमा जति सकारात्मक प्रभावहरू हुन्छन् त्यति नै नकारात्मक प्रभावहरू पनि हुन्छन्, तर सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ शब्दहरू, चाहे सोचेको होस् वा बोलेको होस्, हामीले शब्द छनोट गर्ने  र निर्णय गर्ने तरिकाले  धेरै शक्तिशाली प्रभाव पार्छ । जब हामी सजगताका साथ बोल्छौँ, हामी अझ सकारात्मक र परोपकारी परिवार समाज र संसार सिर्जना गर्न सक्छौँ । 

 

५. कम तर फलदायी शब्दहरू बोलौं 
शब्दहरू शान्त आवाजका लागि सँगै राखिएका अनियमित अक्षरहरू मात्र होइनन्, यसले हाम्रो वरपरका मानिसहरूमा ठूलो प्रभाव पादर्छ । हाम्रा शब्दहरूले कसैका अपेक्षाहरू, सम्भावनाहरू, दृष्टान्तहरू र प्रभावहरू उत्पन्न गर्न मद्दत गर्दछन् । कहिलेकाहीँ चुप लागेर बस्नु राम्रो हुन्छ । थोरै बोल्ने, तर सकारात्मक र फलदायी शब्द अनि वाक्यहरू प्रयोग गर्नुपर्छ । हामी बिरलै केही नबोल्दा भन्दा धेरै बोल्दा पछुताउँछौँ, कारण हामीले शब्दहरू उच्चारण गरेपछि हामी त्यस शब्दको वशमा हुनेछौं, तर बोल्नुअघि त्यो शब्द हाम्रो वशमा रहेको हुन्छ । 
अन्तमा शब्दहरूले मेरो व्यक्तिगत जीवनभर धेरै प्रभाव पारेको छ, तर यस वर्ष केही वाक्यहरूले मलाई मेरो लक्ष्य पूरा गर्न हौसला, आशा, विश्वास भरोसा प्रदान गर्नुका साथै मैले ममा रहेका सम्भावनाहरू, क्षमताहरूको महसुस गर्न सकेकी छु । मेरो स्वघोषणा छ, म एक शिक्षित, सक्षम, सकारात्मक, मेहनती, सुन्दर, महिला हुँ ।