काठमाडौ, भदौ १८ (अनलाईन बहस)
आज मिति ४ सेप्टेम्बर २०२३ गतेका दिन आई.सी.ए नेपालका वातावरण समूहका युवाहरुद्वारा प्लास्टिक मुक्त विद्यालयमा जनचेतनामूलक कार्यशाला आयोजना गरियो। सो कार्यक्रममा कक्षा ८ देखि १० सम्मका ३५ विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न भिडियो सेसन, सामूहिक गतिविधि, र स्टोरी सेयरिङ मार्फत वातावरणले प्रदूषित हुने विभिन्न कारकहरूलाई प्रकाश पारेको थियो। विद्यार्थीहरूले प्लास्टिक
प्रदूषण विरुद्ध लड्ने आफ्नो अनुभव, तरिका साथसाथै प्लास्टिकका सामानहरु कम गर्ने प्रतिबद्धता पनि साटासाट गरे। विद्यार्थीहरूले पुनस् प्रयोग, घटाउने, र रिसाइकल अभ्यासहरू प्रयोग गर्न थप प्रतिबद्ध छन्। यसै गरी सो कार्यक्रम उत्साहपूर्वक कार्यक्रमको समापन गरियो ।