आज हामी विजयी हुनुभन्दा पहिले नै विजयोत्सव मनाउँछौं । हामी समानुभूतिपूर्ण नयाँ सभ्यताको उदयमा खुसीयाली मनाऔ । अहिले यो हाम्रो मध्यमा छ । यसलाई सजिलै देख्न सकिँदैन, यसलाई देख्न अप्ठ्यारो छ, यो हाम्रो वरिपरि छ, तर बुझ्न कठिन छ र यसले हामीलाई झमेलामा पारिरहेको छ । यसले हाम्रो मष्तिष्कलाई रणभुल्ल पारिदिएको छ । तथापि, हामी सानो समूह र ठूलो समूह दुवैमा केही सामान्य क्रियाकलाप गरेर यसलाई पटक—पटक हेर्ने कोसिस गर्छौं । सुरुमा मैले ‘समानुभूतिपूर्ण सभ्यता’ विषयक शीर्षकमा प्रकाश पार्न यस सम्बन्धी अनुभव तथा विचारहरू आदान–प्रदान गरको थिएँ । समानुभूतिपूर्ण नवीन सभ्यताको परिकल्पनाका केही ठोस परिदृष्यहरू आदान–प्रदान गर्नुपूर्व मैले अवश्य पनि परिकल्पनाको प्रकृति, त्यसको स्वरुप तथा परिकल्पनाको तस्वीर प्रस्तुत गर्नु आवश्यक छ । म यो भनाइसँग सहमत छु, ‘जहाँ परिकल्पना हुँदैन त्यहाँ मानिसहरू दोधारमा पर्छन् ।’
तपाई कहाँ जानु हुँदैछ भन्ने कुराको हेक्का तपाईंमा पूर्ण रूपमा हुनु पर्दछ । त्योभन्दा पनि तपाई कहाँ जान चाहनुहुन्छ भन्ने कुरा अन्य मानिसहरूका लागि प्रेरणा तथा खुसीका लागि महत्वपूर्ण कुरा हो । यदि हामी अर्थपूर्ण भविष्यबाट वञ्चित हुन्छौं भने अहिलेको वर्तमान समयमा हामीलाई जीवनयापन गर्न समेत मुस्किल नै हुनेछ । जेसुकै भए तापनि हाम्रा लागि खुसीको कुरा के हो भने वर्तमानमा हामी सुन्दर भविष्यको कल्पना, चाहना, उपहार, शाश्वत भविष्य र सपना प्राप्त गर्न सही तरिकाले उपस्थित छौं । हाम्रा लागि आन्तरिक तथा भावनात्मक परिकल्पना भनेको सुन्दर भविष्यको निर्माण गर्नु हो । यसका लागि हामी जति बढी उत्प्रेरित हुन्छौं, त्यति नै मात्रामा हामी अघि बढ्दै जान्छौँ । यो जीन ह्युष्टनले भने जस्तै ‘भलाइका लागि प्रलोभन’ हो । हामीलाई हाम्रो इच्छित परिकल्पनातर्फ भविष्यको आकर्षक तस्वीरले डोऱ्याउँछ । जब हामी सुखद् तथा खुसियालीपूर्ण नयाँ सभ्यताको परिकल्पना गर्न सुरु गर्छौं तब हामीले यसका लागि विभिन्न स्तरमा बहुआयामिक ढंगले क्रियाकलापहरू गर्न थाल्छौँ । हामीहरू हामीले गरेका उक्त परिकल्पनालाई हाम्रा पाँच ज्ञानेन्द्रीयहरू, मनको आँखा (दिव्य चक्षु) कथा, संकेत, चिन्ह र सार्थकताको गहन चेतनाले अनुभव तथा अवलोकन गर्नेछौं । हामी फरक तथा नवीन ढंगले सुन्दर भविष्यको परिकल्पना गर्नेछौं । यसका लागि हामीहरू अहिले सम्मको परम्परागत सोचलाई थाती राखेर आधुनिक तथा वैज्ञानिक ढंग, व्यवहार, संस्कृति र पद्धतिले दृष्यावलोकन गर्नेछौं । यसो गर्नाले सम्पूर्ण रूपमा हाम्रो परिकल्पनालाई समेट्नेछ । तर अहिले नै हामी यो प्रक्रिया सुरु गर्ने छैनौँ । सुरु गर्नुपूर्व यसका मुख्य पूर्वाधारका बारेमा थाहा पाउनु जरुरी छ ।
अपेक्षित समानुभूतिपूर्ण सभ्यताको परिकल्पना हो, हामी हाम्रा अप्ठ्यारा समस्या तथा चुनौतीहरूसँग स्पष्ट हुन जरुरी छ, तर साथसाथै नयाँ संसार निर्माणको सपना पनि देख्न पनि उत्तिकै जरुरी छ, जुन अति आकर्षक तथा मनमोहक हुनुका साथै हामीलाई नयाँ भविष्य रचना गर्नका लागि उत्प्रेरित तथा आह्वान गर्छ । तपाईका लागि भविष्य प्रतिको सबैभन्दा ठूलो अपेक्षा केहो ? वास्तवमा के सम्भावना छ ? यसका लागि के आवश्यक छ ? नवीनताले भरिपूर्ण समानुभूतिपूर्ण सभ्यताको स्वरूप कस्तो होला ? स्मरण रहोस्, समानुभूति भनेको अरुको पीडा आफ्नै सम्झेर अनुभूति गर्ने मात्र प्रक्रिया होइन, बरु पीडितहरूको पीडालाई कम गर्दै राहत पुऱ्याउनु हो ।सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा यो हो कि समानुभूति भनेको धार्मिक तथा आध्यात्मिक विषयवस्तु होइन । यो त सजीव प्राणीहरूको स्वभाविक प्रक्रिया हो, जहाँ मानिसहरू एक अर्काप्रति सहानुभूतिपूर्ण भावना राख्छन् र एक—अर्काबाट सहयोगको अपेक्षा गर्छन् । आमा र बुवा यस विषयवस्तुलाई स्पष्ट पार्ने राम्रो उदाहरण हुनुहुन्छ । आमा र बुवाले जे गर्नुहुन्छ, आफ्ना छोराछोरीलाई सुविधा दिन र पीडाबाट राहत दिनकै लागि गर्नुहुन्छ र उहाँहरू जसरी खुसी हुन सक्नुहुन्छ, त्यसरी नै सघाउनुहुन्छ । एउटा समानुभूतिपूर्ण सभ्यता समताको यस्तो गुण हो, जसले विश्वभरिका सम्पूर्ण मानिसहरूको पीडालाई कम गरी राहत पुऱ्याउन अग्रसर हुन्छ । यसलाई मायाँ, स्नेह, ममता, मित्रता, असल छिमेकी अथवा सद्भावपूर्ण सहयोग भन्न सकिन्छ । नवीनताले भरिपूर्ण समानुभूतिपूर्ण सभ्यताको रूपरेखा कस्तो होला ? यो मुख्य गरी ६ वटा सिद्धान्तहरूमा आधारीत हुनेछ, ती यी हन्ः दिगोपना, समानता, न्याय, सहभागिता, सहिष्णुता र अहिंसा ।
क्षणभंगुरता :
उदार आँखा र आनन्दित मन सहित कसरी हामी पूर्ण सचेत भएर सत्य, पूर्ण सत्य र मात्र सत्यका लागि आनन्दित मनले बाँच्न सक्छौं ? प्रत्येक वस्तु र प्रत्येक व्यक्ति, जसलाई हामी मायाँ गर्छाँै, उनीहरू मरिरहेका छन् । हामी प्रत्येक भन्छौँ, सरद ऋतुको हावा चिसो तथा मिठो हुन्छ, रंगहरू न्याना तथा पार्थिव हुन्छन् र सुकेका पातहरू भुइँमा लटर—पटर गर्छन् । सुन्दर, यो साह्रै सुन्दर छ । यो कठैबरी भनेर दया जगाउने शब्दमा पनि छ । यो जस्तोछ, यसको गुण धर्म नै यही हो, संसारको नियम नै यस्तै छ, यहाँको चलन नै यस्तै छ ।
स्वचेतना तथा कृतज्ञता
यति हुँदा हुँदै पनि जीवनले हामीलाई बेलाबेलामा नयाँ जीवन दिएर उदेक पार्छ । वसन्तु ऋतु ! सुकुमार शिशुका अनुहारहरू, हो, मासुम तथा निर्दोष अनुहारहरू ।
यहाँसम्म कि पृथ्वी र सूर्यले पनि भविष्यको अन्तरालमा आफ्ना क्रियाकलापबाट विश्राम लिनेछन् । ग्रह तथा पृथ्वीको नियम पनि पारिस्परिक ढंगले त्यस अनुसार बनेका छन् । सभ्यता उदाउँदै अस्ताउँदै गर्छ । राष्ट्रहरू जन्मन्छन्, एक्लिन्छन् तर केही नयाँपन सहित पुनः जुर्मुराउँछन् । हाम्रो शरीरभित्र रहेका परमाणुहरू हाम्रा आकास गंगाका तारापुञ्जहरूबाट प्राप्त भएका हुन् । परिवर्तन हुँदै, क्रमिक
विकास हुँदै... ।
तर अहिले हामीसँग अहिलेकै क्षण प्रत्येक क्षण, विद्यमान सजीवता, विद्यमान चेतना, कृतज्ञताको आनन्द अहिले नै प्राप्त भइरहेकोछ । एक क्षणका लागि पनि सजीव, जीवन्त भएर बाँच्नु धेरै राम्रो कुरा हो ।
पृथ्वीको तापक्रम बढ्दैछ । अहिले ती असरहरूलाई रोक्न धेरै ढिला भइसकेकोछ जसले हामीलाई भविष्यमा दुख दिनेछन् । हामी पीडित हुनुपर्नेछ । हामीले अब भविष्यमा हुन सक्ने क्षतिलाई रोक्नुपर्छ । हामी रोक्न सकौंला ?
हामी राम्रो गर्न सक्छौं । हामी अझ बढी धेरै समानुभूतिपूर्ण र विवेकशील बन्न सक्छौं । हामी मानिसहरूलाई पीडाबाट छुटकारा दिलाउन सक्छौँ, साथै पीडाबाट राहत पाउन सक्छौं । हामी नयाँ संरचना निर्माण गर्न सक्छौं, जसले सम्पूर्ण प्रणालीहरूको खुसी तथा समृद्धिलाई पोषण तथा प्रवर्धन गर्दछ । तर, यी पनि अस्थायी तथा क्षणभंगुर हुन् र भविष्यमा परिवर्तन हुनेछन् । त्यसैले हामी पटक—पटक प्रयास गर्नेछौं । हामीले हाम्रा प्रयासहरूलाई कहिल्यै पनि रोक्ने तथा बन्द गर्ने छैनौं ।
......कस्तो तेजस्वी, ओजस्वी तथा भव्य सूर्यास्त,
चन्द्रमाको किरण तथा शीतलता र समुद्रमा सूर्यकोकिरण परेर टलपल टलपल गर्दै उठान गर्दै गरेको छाल,
सुन्दर आँखाहरू, केटाकेटीहरूका निश्चल हाँसो रोक्ने छैनौं ।
हो, मेरो प्रिय मित्र, तिमी र म मर्दैछौँ,
त्यसैले म तिमीलाई मायाँ गर्छु ।...
(रोबर्टसन वर्क न्युयोर्क विश्वविद्यालय बाङ्गर ग्य्राजुएट स्कुल अफ पब्लिक सर्भिसमा अध्यापन गर्नुहुन्छ, संयुक्त राष्ट्र संघका लागि परामर्शदाता, स्वतन्त्र लेखक, अभियानकर्ताको रूपमा पनि हुनुहुन्छ । विश्वका ५० भन्दा धेरै देशहरूमा काम गरिसक्नु भएका वहाँ युएनडीपीका लागि विकेन्द्रित शासन प्रणाली प्रवर्धनका लागि मुख्य नीति सल्लाहकारको रूपमा हुनुहुन्छ । यसैगरी तीन फरक देशहरूमा आइसीएको निर्देशक हुनुहुन्छ ।)