images
images

मिसन ग्रासरुट अभियान पाल्पा, तिनाउको झिंगामारा र ठूलीउदाङमा 

फागुन २७ । 
पाल्पा तिनाउ गाउँपालिका वडा नं. १ को झिंगामारा र ठूलीउदाङमा नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम शुक्रबार  सञ्चालन भएको छ । 
उक्त अभियानका प्रमुख अतिथि तिनाउ गाउँ कमिटीका ईन्चार्ज दलबहादुर गुरुङले पार्टीको राष्ट्रिय अभियानका रुपमा रहेको मिसन ग्रासरुट अभियान पार्टी कार्यकर्ता,समर्थक र शुभचिन्तकहरुबीच भेटघाट,अन्तर्कियात्मक छलफल र पार्टीका नीति,सिद्धान्त,विचार,दृष्टिकोण  एवम् नेकपा एमालेको गतिविधि आमजनताका माझ लैजाने अनि बुझाउने कार्यक्रम रहेको बताउनु भयो । उनले पार्टीको यो दुईमहिने अभियानमा सबै नेता,कार्यकर्ता जनताका घरदैलोमा पुगेर उनीहरुका गुनासो र सुझाव सुन्ने कार्यक्रम समेत रहेको जानकारी गराउनु भयो । 
कार्यक्रमका विशिष्ट अतिथि माथागढी गाउँ कमिटीका ईन्चार्ज सन्तोष भट्टराईले यही अभियानमा नयाँ सदस्यता दिने,सदस्यता लिएकाहरुको नवीकरण गर्ने र कमिटी पुनर्गठनमा जोड दिईने बताउनु भयो। 
तिनाउ गाउँ कमिटीका अध्यक्ष रोमबहादुर लम्तरीले आफ्नो पार्टीको यो अभियानले नेता,कार्यकर्ता र जनतालाई जोड्ने विशिष्ट कार्यक्रम भएको  सुनाउनु भयो।
नेकपा एमालेका नेता तथा गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले समृद्ध नेपाल,सुखी नेपालीको आकाङ्क्षालाई एमालेको यही अभियानमार्फत जनताको घरदैलोमा लैजाने बताउँदै आफूले पार्टीको सल्लाह अनुसार तिनाउको समग्र विकासमा लागिपरेको बताउनु भयो।
अभियानमा गाउँ कमिटी उपाध्यक्ष सावित्रा राना,अमर तरामू,किमबहादुर लाम्टाङे,जीतबहादुर थापा,सीता थापा,सुरेश लगायतले आआफ्ना टोलका समस्याहरु समयमै समाधान गर्न विशेष अनुरोध गर्नुभएको थियोे । 
उनीहरुले मुर्गियादेखि झिंगामारा,ठूलीउदाङसम्मको बाटो,खानेपानी,कृषि,पशुपालन,विद्युत,शिक्षा,स्वास्थ्य,सहकारी,पर्यटनका सम्बन्धमा जिज्ञासा राख्नुभएको थियोे । 
सोही अभियानको क्रममा झिंगामारा टोल कमिटीको पुनर्गठन र ठूलीउदाङमा रामकुमारी सूर्यवंशीको संयोजकत्वमा २१ सदस्यीय अनेमसंघ टोल कमिटी गठन भएको छ । 
कार्यक्रम पार्टीको शुभचिन्तक,समर्थक र कार्यकर्ताहरुको सार्थक सहभागिता रहेको थियो ।