images
images

नतिजाहरू प्राप्त गर्न नेतृत्व र व्यवस्थापन

‘नयाँ नेतृत्व क्षमता सम्भ्रान्तको अधिकार हस्तान्तरणद्वारा हस्तान्तरित हुँदैन, बरु यो त प्रत्येक व्यक्तिभित्र रहेको क्षमतामार्फत् प्रकट हुन्छ । यो त्यस्तो नेतृत्व हुनेछ, जसले सबै उत्तर दिनसक्ने कुराको अपेक्षा गर्दैन, बरु त्यस्तो एउटा मान्छे बन्छ, जो अरूलाई सशक्त तुल्याउन खोज्छ ।’

 -ANNABEL  BEERE

 LEADERSHIP THROUGH STRATEGIC PLANNING

 

जब तपाईँँ नेतृत्व गर्नुहुन्छ, तपाईँँले सुन्दर भविष्यको सिर्जनाका लागि अडान लिने गर्नुहुन्छ । तपाईँँका क्रियाकलापहरूले तपाईँँको ध्यान केमा छ, तपाईँँ के हुनुहुन्छ र तपाईँँ के गर्न प्रतिबद्ध हुनुहुन्छ भन्ने कुरा प्रदर्शन गर्दछन् । तपाईँँ आफ्ना  लागि महत्वपूर्ण कुरा अर्थात् अन्तिम नतिजाहरू प्राप्त गर्न खतरा मोलेर तपाईँँ के चाहँदै हुनुहुन्छ भन्ने कुरामा स्पष्ट हुनु आवश्यक छ ।   तपाईँँको पहिलो प्रश्न भनेकै तपाईँँको खास कुरा के हो ? तपाईँँ आफू , आफ्नो  परिवार, समुदाय, संस्था र  देशका लागि के सिर्जना गर्न चाहनुहुन्छ भन्ने कुराको उत्तर खोज्नु हो । जब तपाईँँ सुन्दर भविष्यको कल्पना गर्नुहुन्छ र यो विचारबारे अरूसँग कुराकानी सुरु गर्नुहुन्छ, तपाईँँले नेतृत्व विकासको यात्रामा पहिलो खुड्किला टेक्नुहुन्छ । 

 

नेतृत्व गर्नु भनेको अगाडितिर पाइला चाल्नु हो र अपरिचित भूभागमा प्रवेश गर्नु हो, साथै खतरा मोल्नु पनि हो । यो यात्राका लागि कुनै मार्गचित्र छैन, तर यहाँ केही प्रयास र वास्तविक मूल्यहरू अनि अभ्यासहरू छन्, जसले तपाईँँलाई यात्राका क्रममा पथप्रदर्शन गर्न सक्छन् । यद्यपि बाटो चुनौतीपूर्ण छ, तर पनि अरूसँगै एउटा सुन्दर भविष्यको सिर्जनामा लाग्दा थुप्रै गहकिला प्रोत्साहन र आनन्दहरू छन् । यो अध्याय नेतृत्वकर्ता व्यवस्थापक हुनका लागि प्रारम्भ बिन्दु हो । तपाईँँ उच्च व्यवस्थापक हुनुहोस् अथवा व्यवस्थापनको तहमा नयाँ मान्छे हुनोस्, यो अध्यायले निम्न कुरामा छलफल चलाउँदै तपाईँँको यात्राका लागि आवश्यक आधारभूत निरीक्षणसमेत उपलब्ध गराउँछ :
नेतृत्वकर्ता हरेक व्यक्तिका मानसिक आग्रह र मूल्यहरू ।
नतिजाहरू उत्पादन गर्ने नेतृत्व र व्यवस्थापनका अभ्यासहरू । 
नेतृत्वको क्षमता, जसले अरूलाई उनीहरूका संभावना उजागर गर्न सशक्त र अभिप्रेरित गर्छ अनि स्वास्थ्यमा एक खालको प्रभाव पार्छ । 
तपाईँँका मानसिकता र मूल्यहरूमाथिको हेराइ
‘यदि तपार्ईँँ नेतृत्व गर्न खोज्दै हुनुहुन्छ भने कम्तीमा ४० प्रतिशत समय आप्mनो नैतिकता, चरित्र, सिद्धान्त, उद्देश्य र उत्प्रेरणाको व्यवस्थापनका लागि लगानी गर्नुहोस् र कार्यसञ्चालन गर्नुहोस् ।’

 

तपार्ईँले आफ्नो  समुदायका लागि देखेका नतिजाहरू प्राप्त गर्नका लागि एउटा दृष्टिकोणका निम्ति समर्पित र उत्प्रेरित मान्छेहरूको सङ्गठन चाहिन्छ । यो विशेष अधिकारका कुरामा भन्दा तपार्ईँँको सपनाको  भविष्य सिर्जना गर्ने प्रतिबद्धतामा बढी निर्भर रहन्छ । नेतृत्व के हो भन्नेबारे राम्रो तस्वीर प्राप्त गर्न तपार्ईँँले सम्मान गर्ने र व्यक्तिगत रूपमा चिन्ने त्यस्तो व्यक्ति, जसले तपार्ईँँलाई उत्प्रेरित गर्छ, त्यसको बारेमा सोच्नुहोस् । त्यो मान्छे अभिभावक, शिक्षक, राजनीतिक व्यक्तित्व, धार्मिक नेता अथवा साथी नै पनि हुन सक्छ । ऊ कस्तो मान्छे हो, उसले संसारलाई कसरी हेर्छ ? उसको मूल्य के हो ? र उसले अरू मान्छेलाई कसरी सान्त्वना दिन्छ ?  नेतृत्वकर्ताहरू को हुन् र उनीहरूले अरूसँग कस्तो सम्बन्ध राख्छन् भन्ने कुराको आधारमा मानिसहरू उनीहरूप्रति आकर्षित हुन्छन् । तिनीहरूले मान्छेलाई पहिलेभन्दा व्यापक तरिकाले सोच्न सहयोग गर्छन् । तिनीहरूले व्यक्तिलाई उनीहरूले पहिले गर्नसक्छु भनेर सोचेभन्दा ठूला चुनौतीहरू बोक्न उत्साहित गर्छन् र तिनीहरूले मान्छेलाई आफ्ना प्रयासमा अगाडि बढ्न सहयोग गर्छन् । 
तपाईँको मानसिकतामा परिवर्तन ल्याउनुहोस्  

 

नेतृत्वकर्ता व्यवस्थापक बन्नका लागि तपाईँले आफ्नो मानसिकतामा परिवर्तन गर्नु आवश्यक छ र आफूलाई एक त्यस्तो व्यक्ति, जसले नयाँ भविष्य सिर्जना गर्न अरूलाई परिचालित र सशक्त तुल्याउँछ, स्वयंलाई त्यस्तो ठान्नु आवश्यक छ । आफ्नो मानसिकताको परिवर्तनका लागि आलोचनात्मक तरिकाले आफ्ना मूल्यहरूलाई बुझ्नुपर्छ । किनभने तिनले तपार्ईँँले सिर्जना गर्नसक्ने भविष्यको खाकालाई प्रभावित गर्न र तपार्ईँँलाई आफ्नो यात्रामा दरिलो पथप्रदर्शन गर्न सक्छन् ।  मानसिकता भनेको परिस्थितिको व्याख्या र सामना गर्ने आदत हो । मान्छेका संसारप्रतिका धारणा र विश्वासहरूले तिनीहरूका काममा प्रभाव पार्छन् । कुनै अडान लिन र चुनौतीको सामना गर्न तपाईँले कसरी परिस्थितिलाई हेर्नुहुन्छ, मूल्यअन्तर्गत कुन कुरालाई केन्द्रित गर्नुहुन्छ र तपाईँ के गर्नुहुन्छ भन्ने कुरामा परिवर्तन ल्याउनु आवश्यक हुन सक्छ । 

 

तपाईँले संसारका बारेमा कसरी सोच्नुहुन्छ भन्ने कुराले तपाईँँ संसारमा कसरी काम गर्नुहुन्छ भन्ने कुराको निर्धारण गर्छ । यदि तपार्ईँँ मानिससँग योगदान गर्नसक्ने केही कुरा छ भनेर गहिरो गरी विश्वास गर्नुहुन्छ भने यो किताबका तौर तरिका र प्रविधिले तपार्ईँँलाई सहभागिता बढाउन र सिकाइको आदानप्रदान गर्न सहयोग गर्नेछन् । अरूको योगदान र सहभागिताको मूल्यको कुरामा तपार्ईँँको विश्वास महत्वपूर्ण छ, किनकि यसका तौरतरिका र प्रविधिहरूले त्यो विश्वास र तपार्ईँँको प्रयासलाई सघाउँछन्, राम्रो नतिजा उत्पादन गर्नका लागि ।  मानसिकतामा परिवर्तनसँगै यी तौरतरिका र प्रविधिलाई उच्च नतिजासहित लागू गर्न सकिन्छ । खास गरी समूहहरूलाई उनीहरूका पहिलेका सोचभन्दा व्यापक तरिकाले सोच्न उत्प्रेरित गरेर, तिनीहरूले पहिले कहिल्यै पनि अनुभव नगरेका चुनौतीहरू सामना गर्न उत्साहित गरेर र नयाँ लक्ष्य प्राप्त गर्न सिर्जनात्मक तरिकाले सँगै सोच्ने र काम गर्ने गरेर । हामी मानसिक आग्रहको उल्लिखित परिवर्तनलाई ‘नेताको सोचमा परिवर्तन’ भन्छौं । ‘नेताको सोचमा परिवर्तन’ प्रभावकारी नेतृत्वका लागि आधारभूत कुरा हो (तालिका १ हेर्नुहोस्) ।
                       
                           नेताको सोचमा परिवर्तन
परिवर्तनको दृष्टिकोण (देखि)  ........                     ....... तर्फ 
व्यक्तिगत बहादुरी.....................                    संयुक्त गतिविधि र कार्यहरू 
निराशा र शङ्का.....................                                        आशा र सम्भावना 
समस्याजनक कुरामा अरूलाई दोष दिने ............         चुनौतीका लागि उत्तरदायित्व ग्रहण गर्ने  
छितरिएका, असम्बन्धित क्रियाकलापहरू ..............      उपयोगी, अन्तरसम्बन्धित कार्यहरू 
आत्मकेन्द्रित .............................                       उदार र सबैको भलो चिताउने 

माथिका पाँचमध्ये हरेक बुँदाले दृष्टिकोणमा परिवर्तनको श्रृंखलालाई प्रतिनिधित्व गर्छन्, जुन कुरा तपार्ईँँले आफू र अरूका साथै वरिपरिको परिवेशबारे गहिरो गरी बुझ्न थाल्दा देखापर्छ । यी परिवर्तनले तपार्ईँँलाई निम्न कुरादेखि क्रमशः बदलिँदै जान सहयोग गर्छन् :
१) हिरोले जस्तै तपार्ईँँले एक्लै गर्ने गतिविधिमा आधारित कामबाट समूहको सबलताको धरातलमा निर्मित दिगो नतिजा उत्पादन गर्ने खालका संयुक्त कार्यहरूतर्फ । 
२) निराशा र शङ्काको अवस्था (जसमा तपाईँले समाधान गर्नै नसकिने समस्या र अड्चनहरू देख्नुहुन्छ) बाट आशा र सपनाको स्थितितिर (जसमा तपाईँले ती संभावनाहरू देख्नुहुन्छ, जसले परिस्थितिलाई अझै राम्रो बनाउँछन्) 
३) समस्या र असफलताका लागि अरूलाई दोष लगाउने प्रवृत्तिका सट्टा आफै जिम्मा
    लिने, चुनौतीलाई आत्मसात् गर्ने र उनीहरूका विषयमा मिलेर केही गर्ने कुरातिर । 
४) असम्बन्धित र उद्देश्यहीन क्रियाकलाप गरिने अवस्थाका डरलाग्दा दिनहरूबाट
   उद्देश्यमूलक  र परिणाममुखी अवस्थातर्फ ।
५) आफैप्रति केन्द्रित र तपाईँका आफ्ना  आवश्यकताहरू पूर्ति गर्ने अवस्थाबाट त्यस्तो स्थानमा,
   जहाँ उदारतापूर्वक अरूको भलो चिताउने महान् काम गर्दै अन्य व्यक्तिहरूलाई पनि प्रेरणा
   दिने अवस्थातर्फ ।
यी  परिवर्तन ल्याउनु र दिगो तुल्याउनु सजिलो छैन, किनभने तपाईँका निजी आवश्यकता, आदत र चिन्ताहरूले कुनै पनि समयमा हस्तक्षेप गर्न सक्छन् । तर जब तपार्ईँँ यी परिवर्तनका लागि मानसिक रूपमा तयार हुनुहुन्छ, तपाईँआफूलाई सच्याउन सक्नुहुन्छ, त्यतिखेर जब तपाईँ स्वयंलाई आफू व्यस्त, तर अनुत्पादक अथवा निराशाको अवस्थातिर डोरिएको जस्तो लाग्छ । जब तपाईँ अरूलाई दोष लगाउने कुरा महसुस गर्नुहुन्छ अथवा तपाईँका आफ्ना आवश्यकताले अरूका आवश्यकतालाई ओझेल पार्छन् त्यति बेला तपाईँले असल काम गर्नबाट स्वयंलाई रोक्न सक्नुहुन्छ ।
 

वैयक्तिक मूल्यहरूलाई फर्केर हेर्नु 
वैयक्तिक मूल्यहरूले तपाईँको नेतृत्वलाई  निर्देशित गर्छन् । जब तपाईँ आफ्ना मूल्यहरूको परीक्षण गर्नुहुन्छ, तपाईँलाई महसुस हुनेछ, तिनले तपाईँ आफ्ना कर्मचारी, ग्राहक र साझेदारलाई कसरी काममा लगाउनुहुन्छ भन्ने विषयमा तपाईँको चाहनालाई पथप्रदर्शन गर्छन् । जब तपाईँँ आफ्ना मूल्यहरू के हुन् भन्ने कुरा थाहा पाउनुहुन्छ, तपाईँ तिनलाई अरूसँग आदानप्रदान गर्न र कठिन चाहनाहरू राख्नुपर्दा तिनलाई निश्चित गर्न सक्नुहुन्छ । तपाईँका मूल्यहरूले नेतृत्व शैलीलाई प्रभावित पार्दछन् । सकारात्मक नेतृत्वमा नैतिकताको बलियो अंश हुन्छ, जुन नकारात्मक नेतृत्व शैलीमा रहँदैन । उदाहरणका लागितपाईँ आफूलाई नेताको रूपमा दिगो तुल्याउन सक्नुहुन्छ, साझा हितका सरोकारद्वारा, जबकि नकारात्मक नेतृत्व शैलीले मानिसमा डरको रेखा कोरिदिन्छ । यसले दण्ड र पुरस्कारको प्रयोग गर्छ र केही मानिसलाई समावेश गर्ने र केहीलाई बाहेक गर्ने कुरामा निर्भर रहन्छ ।  जुन व्यवस्थापकहरूले सकारात्मक मूल्यहरू प्रदर्शन गर्छन्, तिनले आफ्ना  कर्मचारीबाट सम्मान प्राप्त गर्छन् । जब तपार्ईँँ सकारात्मक शब्दसँग सकारात्मक गतिविधिको तालमेल मिलाउनुहुन्छ, तपाईँअरू सामु आदरणीय बन्नुहुन्छ । तपार्ईँँ अरूलाई निकै सजिलोसँग भविष्यको बारेमा आफूले देखेको सपनाप्रति आकर्षित गर्न सक्नुहुन्छ, यदि तपार्ईँँका गतिविधि विश्वव्यापी रूपमा मूल्यवान् निम्न किसिमका वैयक्तिक गुणस्तरसँग मेल खान्छन् भने :
 

सत्यता र प्रतिबद्धता  
मानिसहरू नेतृत्वकर्तालाई उनीहरूको नैतिकता र वैयक्तिक प्रतिबद्धताका कारण सम्मान गर्छन् । जब तपाईँ इमान्दार र नैतिक हुनुहुन्छ, सत्यलाई अँगाल्नेहरू तपाईँलाई आदर गर्छन् । यदि तपाईँ अझ राम्ररी सेवा गर्ने कुरामा दृढ विश्वास राख्नुहुन्छ भने प्रायः जसो शक्तिका कारण उत्पन्न हुने लोभलाई तपार्ईँँ त्याग्न सक्नुहुन्छ । जब तपार्ईँँ स्वयंलाई एउटा लक्ष्य प्राप्तिका लागि समर्पित गर्नुहुन्छ, तपाईँ अरूलाई पनि सुन्दर भविष्य बनाउने समान प्रतिबद्धतासहित  आकर्षित गर्न सक्नुहुन्छ । उदाहरणका लागि युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले सन् १९९० मा एच्आइभी एड्ससम्बन्धी राष्ट्रिय अभियानलाई सहयोग गरेजस्तै उच्चस्तरीय नेताहरूले काम गरे भने अरूले तिनीहरूको उदाहरणलाई पछ्याउँछन् । 
 

सम्मान र विश्वास  
अरूलाई सम्मान गर्नुको अर्थ उनीहरूको दृष्टिकोण र आवश्यकतालाई सुन्ने चाहना राख्नु हो । सम्मानले समयको क्रममा विश्वासको निर्माण गर्छ र त्यस्तो विश्वास उत्पादक किसिमको सम्बन्ध विकासका लागि आधार बन्ने गर्छ । जब तपाईँ नेतृत्व गर्नुहुन्छ, तपार्ईँँले आप्mना सहयोगी, दौँतरी र माथिल्लो ओहदाकासँग सम्मानपूर्ण कार्य–सम्बन्धलाई पुष्ट पार्नुपर्छ । तपाईँले आफ्नो सञ्जाललाई व्यापक पार्न नयाँ सम्बन्धहरू सिर्जना गर्नुपर्छ र वर्तमान सम्बन्धमा कुनै समस्या भए सुधार्नुपर्छ ।
 

आइपर्ने जोखिमलाई उठाउने साहस 
नेतृत्वकर्ताको एउटा काम के हो भने आइपर्ने जोखिमलाई संस्था, त्यसको ध्येय अथवा व्यक्तिहरूका लागि खतरा नहुने गरी ग्रहण गर्ने कुरामा उदाहरण बन्नु । नेतृत्वकर्ता व्यक्तिहरू यदि कतै स्खलित भए भने तिनीहरू भाग्दैनन्, बरु उठ्छन्, लागेको धुलो टक्टक्याउँछन् र पुनः काममा लाग्न साहस जुटाउँछन् । आफ्नो  दृढताका कारण तिनीहरू आफूले चाहेको सकारात्मक भविष्यको दृष्टिकोणलाई कहिल्यै गुमाउँदैनन् । जब तपाईँविश्वासयुक्त सम्बन्धको सञ्जाल सिर्जना गर्नुहुन्छ, तपाईँ कठिन निर्णय गर्न अनि आलोचना र वैयक्तिक असफलताको सामना गर्न सहयोग र साहसका लागि आवश्यक मौका पाउनुहुन्छ । यी उदाहरण दिएर तपाईँ अरूलाई पनि यसरी नै खतरा मोल्न उत्साहित गर्न सक्नुहुन्छ ।
 

सिकाइका लागि खुलापन 
असल नेतृत्वकर्ताहरू सिक्नका लागि खुला हुन्छन् र अरूलाई पनि त्यसो गर्न उत्प्रेरित गर्छन् । जब तपाईँसँग खुला मस्तिष्क हुन्छ, तपाईँज्ञान र सूचनाका लागि व्यग्र बन्नुहुन्छ । तपाईँ नयाँ अवसरहरू पत्ता लगाउनुहुन्छ र अवरोधसँग जुध्ने बाटाहरू भेट्टाउनुहुन्छ । तपाईँले अरूसँग सिक्दै आफ्‌नो पहुँच बढाउनुहुन्छ । सिकाइप्रतिको यो खुलापनले तपाईँलाई परिवर्तनशील यथार्थका लागि तयार पार्छ ।  नेतृत्वकर्ता बन्ने पाईँको प्रयासले जीवनपर्यन्त निरन्तर आत्मोन्नतिको अपेक्षा गर्दछ । तपाईँले रोपेका मानसिक आग्रह र मूल्यहरूले अरूलाई नेतृत्व गर्नका लागि तपार्ईँँले गरेका सबै कुरालाई दिगो तुल्याउँछन् । तपाईँले जब राम्रो नेतृत्व र व्यवस्थापनको शक्तिलाई बुझ्नुहुन्छ,तपाईँले अझ राम्ररी नेतृत्व र व्यवस्थापन गर्न सक्नुहुन्छ । (साभारः व्यवस्थापकहरू, जो नेतृत्व गर्छन्)