images
images

मंसिर २ गते एकै चरणमा चुनाव गर्न प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ मा गर्न सरकारलाई सिफारिस गरेको छ । बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा निर्वाचन गर्न सिफारिस गरेको हो ।

सरकारले चुनावको मितिभन्दा १२० दिन अगावै मन्त्रिपषिदबाट निर्णय गर्नुपर्ने आयोगको सुझाव छ ।

निर्वाचनको मिति घोषणालगायतका विषयमा आयोगले प्रधानमन्त्रीसँग छलफल भएको आयोगले जनाएको छ ।