काठमाडौँ - नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नबिल बैंकबिच सहवित्तीकरण सम्झौंता भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाई तथा नबिल बैंकको सहभागीतामा लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा एक सय शैयाको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल निर्माणा तथा सन्चालन गर्न दुई अर्व ५४ करोड सम्मको कर्जा सुविधाहरु स्वीकृत गरिे बिहीबार सहवित्तीयकरण सम्झौता सम्पन्न भएको हो ।
उक्त हस्पिटल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले एक अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेडले एक अर्बसम्म लगानी गर्ने छ । बिहीबार सम्पन्न भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत राम कृष्ण खतिवडा, नायव महाप्रबन्धक सूर्य बहादुर तामाङ्ग, नायव महाप्रबन्धक विनय नाथ न्यौपाने र नबिल बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, बरिष्ठ नायव प्रमूख कार्यकारी अधिकृत सुजित कुमार शाक्य, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेसहित बैंकहरुका कर्मचारीहरु र परियोजनाको तर्फबाट अध्यक्ष श्रीकमल भण्डारी लगायत अन्य पदाधिकारीहरुकोे उपस्थिति रहेको थियो ।
कार्यक्रममा हस्पिटलका अध्यक्ष कमल भण्डारीले परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको र परियोजना निर्माण कार्य समयमै सम्पन्न गरि व्यवसायीक संचालन सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त हस्पिटलले लुम्बिनी प्रदेशको स्वास्थ सेवामा विशिष्ट्रिकृत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।