images
images

मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ – हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश-१ र वागमती प्रदेशसहित केही स्थानमा आज (बुधबार) पनि वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश-१ र वागमती प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । विभागका अनसार आज राति देशका उच्च पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रहनेछ ।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ का उच्च पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।