images
images

पृथ्वीवासीको प्रतिज्ञा र आत्मजागरण

हे पृथ्वी हाम्रो एक मात्र घर !
अमूल्यभन्दा पनि अमूल्य
ब्रह्माण्डको उपहार 
हाम्री आमा जसले हामीलाई जीवन प्रदान गर्छिन्
पृथ्वीमाता, हाम्रो एक मात्र घर ।
हामी तिमीलाई आत्मसात् गर्छौं र कसम खान्छौं
हामी तिमीलाई हानि हुनबाट बचाउँछौं
हामी तिम्रो मनमोहक सौन्दर्यबाट आल्हादित छौं
हामी तिम्रो भूमिबाट लाभान्वित छौं
पृथ्वी माता, हाम्रो एक मात्र घर ।
हामी तिमीलाई जल तथा वायु प्रदान गरेकोमा धन्यवाद दिन्छौं
हामी तिम्रा बोटविरुवा तथा प्राणीहरूबाट ओतप्रोत छौं, सराबोर छौं
हामी तिम्रो सृष्टि मानव जातिको कदर गर्छौं
हामी मानव भएकोमा खुसियाली मनाउँछौं
पृथ्वी माता, हाम्रो एक मात्र घर ।
हामी हिंसा र कृपणतालाई निर्मूल पार्न कसम खान्छौं
र, एउटा समझदारीपूर्ण तथा समानुभूतिपूर्ण सभ्यता निर्माण गर्छौं
पृथ्वी माता, हाम्रो एक मात्र घर ।
मानव जातिको सचेतना विश्लेषणात्मक र परावर्तनकारी हुन्छ । आफूसँग पूर्ण रूपमा सचेत हुनु आत्मजागरण हो । तर यो आफैमा सचेत हुनु मात्र होइन, बरु यस्तो सचेतना हो, जहाँ सबैखाले चेतनाहरू समावेश हुन्छन् । यस अर्थमा चेतनाको सम्पूर्णरूप सचेतना हो । अब प्रश्न उठ्छ, के यो समग्रमा अखण्डताको सवालमा प्रगति हो कि दुर्गति ? र यसले कसरी समानुभूतिपूर्ण सभ्यता निर्माण गर्न केगर्नु जरुरी छ र कसरी भूमिका निर्वाह गर्न सक्छ ?  आफ्नो सचेतनाको सचेतनामा सचेत भएर हामी संसारका लागि हाम्रा ज्ञानेन्द्रीयबाट प्राप्त सूचना तथा तथ्यांकको नियमित प्रगति, हाम्रो खोज तथा समानुभूतिपूर्ण सभ्यता अवलोकनको विमर्श, परावर्तनको विमर्श, ह हाम्रो व्याख्या÷विश्लेषणमा आधारित निर्णय र हामीले लिएको निर्णयको कार्यान्वयनका लागि प्रतिबद्धतासहित अघि बढ्छौं । ठिक छ, तर जलवायु अस्तव्यस्तता र मानवीय विकासको सन्दर्भमा यसले के गर्न सक्ला ? कसरी सहयोग पुऱ्याउला ? 

 

केही वैज्ञानिकहरू जलवायुको सवालमा सूचना÷तथ्यांकको साहाराले वर्तमानमा पृथ्वीको तापक्रम बढेको, समुद्रमा ज्वारभाटा उठेको अथवा समुद्रको छालमा उफान आएको, हिमालयहरू पग्लिएकोर तटीय बन्ध क्षेत्र तथा टापुहरू जमिनमुनि भाँसिदैछन् भन्ने कुरामा सचेत छन् । यस सम्बन्धी कारण र असरको परिणामको विमर्श गरेर हेर्दा विनाशकारी खतराको घण्टी हाम्रो सामु चुनौतीको रूपमा छ । उनीहरूले गरेको विश्लेषणात्मक प्रतिवेदनले यसको कारण अत्यधिक रूपमा जीवाश्म ऊर्जा, कोइलाजन्य, विषादिजन्य रसायन तथा अति प्रज्वलनशील तैलीय पदार्थको प्रयोगबाट अहिलेको अवस्था निम्तिएको निष्कर्ष निकालेका छन् ।  तिनीहरूले गरेको निर्णय अनुसार तत्काल जीवाश्म ऊर्जाको प्रयोगमा बन्देज लगाई नवीकरणीय ऊर्जाको प्रयोग गरी मुनष्यको शरीरलाई दुष्प्रभाव पार्ने मिथेन ग्यास लगायत अत्यधिक कार्बन डाइअक्साइड ग्यासलाई नियन्त्रण गर्नु जरुरी छ । 

 

यद्यपि, केही यस्ता व्यक्तिहरू पनि छन् जो उक्त परिणामबाट पूर्वसचेत छन्, जसलाई राम्ररी थाहा छ यही स्थिति रहिरहने हो भने स्थिति झन् झन् बिग्रदै जानेछ र यसबाट छुटकारा पाउन करोडौं, अरबौं डलर खर्च गर्नु पर्नेछ, तर परिणाम शून्य प्राप्त हुनेछ । त्यो वास्तविकताले उनीहरूलाई जलवायु परिवर्तनको दुष्प्रभाव नकारात्मक छ र यो कसैका लागि पनि श्रेयस्कर छैन तथा यसका लागि सबैले गम्भीर हुनुपर्ने समय आएकोछ भन्ने कुरा प्रष्ट हुन्छ । जलवायु सम्बन्धी गलत सूचना तथा प्रतिवेदन प्रेषणले गर्दा यस दिशामा सही ढंगले कसरी अघि बढ्ने कुरामा पनि अन्योल छ ।  यद्यपि, धेरै सर्वसाधारण मानिसहरूले भयंकर तुफान, आँधिवेरी, बाढी, खडेरी, अनगिन्ती मानिसहरूको बसाइँ—सराईं र सामाजिक अस्तव्यस्ततालाई नजिकबाट अवलोकन गरेका छन् । तिनीहरू यसप्रति सचेत÷सावधान हुनेछन् र हामीहरूलाई प्रश्न गर्नेछन्, ‘यस्तो किन भइरहेछ ?’ वातावरण तथा जलवायुसँग सम्बन्धित वैज्ञानिकहरूले उपलब्ध गराएको कारण र असरको व्यावहारिक तथा ठोस उत्तरले धेरैभन्दा धेरै मानिसहरूलाई अझ बढी सूचना तथा जानकारी प्रदान गरी यसप्रति गम्भीर तथा जिम्मेवार बनाउने छन् । अब जब जब यस्तो हुन्छ, मानिसहरूको व्यावहारिक बुद्धि र सरकारका नीति नियमहरू जीवाष्म ऊर्जाको प्रयोगलाई रोक्न ठोस रूपमा एक्सनमा उत्रने छन् र जलवायु सम्बन्धी अस्तव्यस्तता कम गर्न नवीकरणीय ऊर्जाको क्षेत्रमा व्यापक लगानी गर्ने छन् । 

 

यस कार्यलाई सकारात्मक निष्कर्षमा पु¥याउन १४ अरब आँखाहरू, ७ अरब मष्तिस्कहरू र १४ अरबभन्दा बढी हातहरू कार्यमा जुट्नेछन् र यस पृथ्वीमा बसोबास गर्ने वर्तमान तथा भावी पुस्ताहरूका लागि मानवता एउटा ‘सुरक्षा कवच’ को रूपमा गतिशील हुनेछ र यो कार्य शीघ्रातिशीघ्र कार्यान्वयन गर्नु पर्नेछ । कारण वर्तमान अवस्थामा पारिस्थितिक प्रणाली लगभग तहस—नहस भइसकेको स्थितिमा अझ बढी मानवीय क्षति तथा हानि हुनुभन्दा अगाडि नै हामीले अगाडि बढि सक्नु पर्नेछ । तीन वटा क्रमांक मध्ये आउनुहोस्, जागौं र मिललिजुली हातेमालो गर्दै सँगसँगै काम गरौं । सुरू गरौँ  १, २, ३ र कुदौँ ।