काठमाडौं, भदौ २० (रासस)
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । उहाँकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज बिहान विराटनगरमा निधन भएको हो । स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उहाँको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उहाँ श्वासप्रश्वास लगायतका समस्याबाट ग्रसित हुनुहुन्थ्यो
। उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि मोरङ सहकारी अस्पतालकै प्राङ्गणमा राखी आजै अन्तिम संस्कारका लागि भोजपुर लगिने कार्यक्रम छ ।
उहाँको स्थायी बसोबास भोजपुरको षडानन्द नगरपालिका–११, झ्याउँ पोखरी हो । विसं १९९५ मा भोजपुरको तिम्मा गाउँमा जन्मिनु भएकी धनकुमारीका मुख्यमन्त्री राजेन्द्रकुमारसहित तीन छोरा, एक छोरी र श्रीमान हुनुहुन्छ ।