images
images

आईसीएमा सामाजिक कलात्मकता !

काठमाडौँ, २२ माघ । 
इन्स्टिच्युट अफ कल्चरल अफेयर्स (आईसीए नेपाल)को नियमित कार्यतालिका अनुसार संस्थाले हाल विभिन्न विषयमा प्रशिक्षण र कार्यशाला सञ्चालन गरिरहेको छ । योजना अनुसार आज अर्थात् माघ २२ February 7 देखि ‘आधारभूत सामाजिक कलात्मकता 'Basic Social Artistry' विषयमा प्रशिक्षण सुरू हुँदैछ । 
इन्स्टिच्युट अफ कल्चरल अफेयर्स (आई. सी. ए. नेपाल) को आयोजनामा हालै  नेतृत्व व्यवस्थापन तथा सुशासन विषयमा प्रशिक्षण सम्पन्न भएको छ । सामाजिक, आर्थिक एवं  राजनीति रूपान्तरणमा नेतृत्व तथा व्यवस्थापनकालाई एकीकृत रूपमा अघि बढाउने उद्देश्यका साथ  सञ्चालन गरिएको यो कार्यक्रमले सहभागीहरूमा नीतिगत नेतृत्व र प्रशासनिक नेतृत्वबिच समान अवधारणा विकास गनुपर्ने धारणा स्थापित भएको छ ।  इन्स्टिच्युट अफ कल्चरल अफेयर्स एउटा राष्ट्रिय गैरसरकारी संस्था हो, यो अन्तर्राष्ट्रिय आई.सी.ए.को सदस्य पनि हो । आई.सी.ए. नेपालले समाजका कमजोर वर्गको आर्थिक स्तर उकास्नका लागि सामुदायिक विकास कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछ । 
आई.सी.ए. नेपालका प्रमुख उद्देश्यहरूमा समूह सुगमीकरण तथा सहभागीमूलक योजना निर्माण प्रक्रियाहरूबारे सामुदायिक नेतृत्ववर्गलाई सुसूचित पार्ने, समुदायमा सहभागीमूलक विकास कार्यमा जोड दिने, गरीबी, बेरोजगारी तथा पछौटेपनको निराकरणका लागि कार्यरत रहनेहो । आई.सी.ए. नेपालले सहभागीमूलक प्रक्रियाहरू मार्फत मानवस्रोत विकास तथा संस्थागत सुदृढीकरण गर्ने कार्यमा सहयोग पुयाउने गर्दछ । यस संस्थाले स्वास्थ्य, शिक्षा र वातावरणबारे जनचेतना जागृत गराउने, आर्थिक रूपमा कमजोर वर्गलाई आयमूलक कार्यमा सरिक गराउन सवल पार्ने, शुद्ध खानेपानी तथा सरसफाइ कार्यक्रम आदि कार्यहरु गर्ने गर्छ । यी सबै कार्य गर्दा आई. सी. ए नेपालले सहभागिता, जीवन पर्यन्त शिक्षा र दिगो विकासमा जोड दिने गर्छ ।
सामाजिक कलात्मकता प्रशिक्षणका मुख्य प्रशिक्षकहरू त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तत्व तिम्सिना, ‘पिपुल इनर्जी, क्यानडा’का अध्यक्ष जेनेट सेन्डर्स, ‘एकेडेमी अफ द न्यु अर्थ’का ब्लेस सेन्ड्स रहनुहुने छ । आजदेखि सुरू हुने यो प्रशिक्षण तीन दिनसम्म सञ्चालित हुनेछ । कार्यक्रममा सामाजिक रूपान्तरण, विकास र सामाजिक कलात्मकताको क्षेत्रमा कार्य गरिरहेका र गर्न रूची राख्ने ५० जनाको सहभागिता रहने जनाइएको छ ।