काठमाडौँ - नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७८–०७९ मा चार अर्ब आठ करोड ६३ लाख ८४ हजार रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा तीन अर्ब ५५ करोड ८६ लाख छ हजार रुपैंयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैंयाँ रहेको बैंकले आर्थिक वर्ष २०७८–०७९ मा एक खर्ब ८४ अर्ब ७९ करोड १० लाख ७२ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ५७ अर्ब ४६ करोड ९७ लाख ४४ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा पाँच अर्ब ९४ कारेड ९० लाख ६८ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरण योग्य नाफा भने दुई अर्ब तीन करोड ८३ लाख ७६ हजार रुपैंयाँ रहेको छ ।
अघिल्लो आ.व.मा भने बैंकले एक खर्ब ७४ अर्ब ५५ करोड ७७ लाख चार हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ५६ अर्ब ८१ करोड ६६ लाख ७७ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ५९ करोड ३० लाख ५४ हजार रुपैंयाँ कर्जा खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ३३ प्रतिशत रहेको थियो ।