images
images

डिजिटल इकोनोमी प्रवद्र्धनमा प्रभावकारी भुमिका खेल्दै माछापुच्छे्र बैंक

डिजिटल इकोनोमी प्रवद्र्धनमा प्रभावकारी भुमिका खेल्दै माछापुच्छे्र बैंक
काठमाडौं, 
देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छे्र बैंकले पोखरा स्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास  र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमाक्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ ।
डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छे्र बैंकले कास्की र म्याग्दीको पवित्र तीर्थ स्थल विन्ध्यवासिनी र गलेश्वर धाममा छुट्टा छुट्टै  दिनमाक्यु आर कोड हस्तान्तरण गरेको थियो । पोखरामा रहेको विन्ध्यवासिनी मन्दिरमा आइतबार भएको  एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. राम शरण खरेल, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्य प्रसाद सुवेदी तथा माछापुच्छे्र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त क्युआर सेवाको शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा माछापुच्छे्र बैंकका संस्थापक सञ्चालक स्व. सूर्य बहादुर के.सीको श्रीमती प्रेमकुमारी के.सी तथा बैंकका सञ्चालक बन्दना कार्र्र्कीको पनि उपस्थिती रहेको थियो ।
साथै म्याग्दीको बेनी स्थित गलेश्वर शिवालय क्षेत्रमा भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.राम शरण खरेल, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मी, बेनी नगरपालिकाका मेयर सुरत के.सी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत  सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त क्युआर सेवाको शुभारम्भ गरेका थिए । 
यो सेवा संचालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्युआर कोडबाटै भेटी चढाउन सक्नेछन् । दशनार्थीहरुले क्युआर कोड सेवा निशुल्क प्रयोग गर्न सक्नेछन् । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यु आर कोडको प्रयोग आम मानिसमा बढ्दै गई रहेको  छ ।