images
images

सफलता को कथा

–शारदा प्रसाद धिताल

 तपाई काठमाडौ बालाजु बाइपास पुग्न सक्नुहुन्छ । बाइपासबाट नुवाकोट तर्फ जादाँ नागार्जुन सिनेमा हलबाट सय मिटर पश्चिम मा दाहीने ओरालो  बाटो देखिन्छ – लोलङ हाइट जाने बाटो । विचमा पुरानो गुइयस्वरी नेर ओर्लनु भयो भने देव्रेपट्टि अलिकति उकालो चडेपछि EPSA को कार्यालय छ । पुरानो गुइयस्वरी मा.वि बाट १ मिनेटको दुरीमा ।
आजभन्दा १२ वर्ष पहिला अर्थात सन् २०१० ताका एउटा वोर्डिङ स्कुल ले अपाङ्ग देखेर नपत्ताएर निकालिएकी,गाोर्खाकी हिम्मतदार छोरी संगिता पन्तले आफै जस्ता, दुखलाई सुख ठानेर कर्मशील बनी केही गरौँ भन्ने पवित्र भावना बोकेका सात जना दिदी बहिनीको समूह बनाई– सामाजिक कार्यका लागि शक्ति नामको गैर राजनैतिक संस्था स्थापना गर्नु भएछ । जस्लाई अंग्रेजीमा Entire power in social action र छोटकरीमा EPSA भनि चिनिन्छ । 

सुरुवाती दिनहरुमा के गर्ने, कसो गर्ने भन्ने भैरहेको वेलामा परिलक्षित नामको आफै जस्तो संस्थाले उहाँहरुलाई मैन बत्ति बनाउने तालिम र साबुन बनाउने तालिम दिएर ती सामान बनाउने मेसिन पनि दिएछ । यसैको जगमा टेकेर नयाँ बसपार्क पछाडी जमिन लिई जस्ताको सानो कटेरो बनाई आफुहरुले नै समान बेच्न हिडनुहुदोँ रहेछ । उहाँहरुको एउटै आदर्शा, “हामी अपाङ्गता भएपनि मागेर नखाउ,आफै गरेर खाउ” । यो महान विचार र संकल्पले गर्दा दुखको भूमरीबाट पनि प्रगतिको दियो बोकेर यो स्थितिमा आएका छौ, भेटको क्रममा संस्थाकी अध्यक्ष संगीता पन्तले भन्नुभयो।
गोरखाको पालुङटार नगरपालिका ६ गाईखुर,कमलटारमा जन्मनु भएकी संगीताले त्रीचन्द्रबाट समाजशास्त्रमा एम.ए. गर्नुभएको रहेछ । लडेर एउटा हात कमजोर(लुलो) भएको जानेपछि उहाँलाई विद्यालयले स्वीकार नगरेपछि उहाँमा संस्था खोलेर केही गर्ने जोस पलाएछ । 

उहाँ भन्नुहुन्छ, आज हाम्रो आफ्नै १८ आना जमीनमा आफ्नै ३ वटा भवन छन।  तालीम केन्द्र,उत्पादन केन्द्र र आफ्नै आवास छ । आज हामीले ७ जना अपाङ्गका छेराछोरीलाई छात्रवृत्ति दिन सुरु गरेका छौ । ५५ जनाले रोजगार पाउनु भएको छ । २१ जना यही आवास गृहमै बस्नुहुन्छ,कोहि बाहिर बस्नुहुन्छ । 

तपाईहरुले यति राम्रो समान उत्पादन गर्नुहुदो रहेछ, तपाई बाहीर देश जानु भएको छ की?मैले संगिता सँग जिज्ञासा राखे–उहाँ लज्जालु स्वभावको देखिनु हुन्छ, मुसुक्क हास्दै भन्नुभयो,“सर, म यसैको सिलसिलामा चीन, भारत, थाइल्याण्ड, सिगांपुर, जापान लगायत विश्वका २० भन्दा बढी देशमा तालिम र बजारको लागि घुमिसकेकी छु ।” 
अनि यति राम्रो काम गरेपछि पुरस्कार पनि पाउनुभयो की?उहाँले आफै खुसी मुद्रामा बोल्नुभयो–नेपाल सरकार, युवा तथ खेलकुद मन्त्रालयबाट–उद्यमशिलता विकास तथा रोजगारी, Vocational Award for the employment  र अष्ट्रियाको भियना बाट Skill development and vocational Award पाएकी छु । 

आज जो केहि मान्छे EPSA को  कार्यालयमा गएर हेर्दा अपाङ्गता हुनु भएका चलिस जना जति दिदी बहिनीहरुले हातले बनेका झोला, खेलौना र विविध सामागी्रहरु देख्दा र सामान किन्न आउने मान्छेहरुलाई भेट्दा हृदयबाट नै धन्यवाद नदिइ रहन सकिन । म उहाँहरुले दुईजना अपाङ्गता भएका बहिनीहरु शुशिला थापा र किरण चौधरीको विवाहको निमन्त्रणामा सामेल भएर आश्चर्य प्रकट गरे । 
यो कसरी सम्भव भयो – उहाँहरुले हासेर भन्नुभयो,“तपाइहरु जस्तै दयालु र उदार हृदय भएका साथिहरुको करामत हो सर ।”

विवाहमा १५० जति जन्ति र घरबेटी विशेषत अपाङ्गता हुनु भएका बैनीहरु सिगांरीयर, सजीयर बस्नु भएको र सबैको अनुहारमा हसिलोपन देख्दा मनमनै मैले उहाँहरुलाई हार्दिक धन्यवाद टक्रयाए। उहाँहरुको सफलता नै आम अपाङ्गता हुनु भएका बहिनीहरुको सफलता हो । यस्ता अरु संस्थाहरु बन्दै जाउन, संगीता पन्त र संन्चला निरौला जस्ता बहिनीहरुमा थप उर्जा पैदा होवस भन्दै जिज्ञासु र अपाङ्गता प्रेमि जनसमुदायलाई EPSA को कार्यक्रम हेर्न आमन्त्रण गर्दै कथाको बिट मार्ने जमर्को गरे ।