images
images

मानव स्वास्थमा वन्यजन्तुजन्य रोगले चुनौती थप्दै

विश्वव्यापीरुपमा फैलिने वन्यजन्तुजन्य रोगहरु बढ्दो मानवीय लोभ एवम् महत्वाकांक्षाको परिणाम मान्न सकिन्छ । बिश्वमा एड्स, इबोला, जीका, कोभिड–१९ जस्ता रोगहरुले प्रत्येक वर्ष करीब ३३ लाख मानिसको ज्यान लिने गर्दछ । यसो हेर्ने हो भने यी रोगहरु फैलिनुमा केहीहदसम्म हामी मानिस नै जिम्मेवार छौं । जुन यी जीवहरुको प्राकृतिक आवासहरु नष्ट गरेर तिनलाई मानव समुदायमा फैलिनका लागि विवश पारेको छ । यसबारे हालैमा गरिएको एउटा अनुसन्धानबाट थाहा हुन्छ कि यी जुनोटिक रोगहरु लाग्न रोक्ने लागत तिनलाई नियन्त्रित गर्नुको तुलनामा धेरै कम छ । यस्तोमा यो महत्वपूर्ण छ कि यी रोगहरुलाई फैलिन भन्दा पहिले नै रोकिदिऊँ । हेर्ने हो भने बचाउ नै कुनै पनि रोगको सर्वोत्तम औषधि मानिन्छ ।

आफ्नो अनुसन्धनमा वैज्ञानिकहरुले यस शताब्दीमा मानव समुदायमा प्रलय मच्चाइसकेको सबै प्रमुख जुनेटिक रोगहरुको लेखाजोखा तयार पारेका छन् । अनुमान छ कि यी रोगहरुले पछिल्लो १०० वर्षहरुमा करीब ७ करोड मानिहरुको ज्यान लिइसकेको छ । यसमा स्पैनिश फ्लू, इन्फ्लुएन्जा जस्ता रोग प्रमुख छन् । यस रोगका कारणले इ.सं. १९१८ मा ५ करोड भन्दा बढी मानिसहरुको ज्यान गएको थियो । यसैगरी एच २ एन २ इन्फ्लुएन्जाबाट ११ लाख, लासा ज्वरोबाट २.५ लाख, एड्सबाट १.०७ करोड, एच १ एन १ बाट २.८ लाख एवम् कोभिड–१९ बाट ४०लाख भन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ ।

वन्यजन्तुजन्य अर्थात जुनोटिक  रोग के हो एवम् मानिसलाई किन आफ्नो निशाना बनाउँछ ? जनावरहरु एवम् पंक्षिहरुबाट मानिसमा फैलिने रोगहरुलाई वैज्ञानिकरुपले जुनोसिस वा जुनोटिक रोग भनिन्छ । सामान्यतया यी रोगहरु त्यतिबेला फैलिन्छन् जब कुनै भाइरस आफ्नो पाहुना आश्रयदाताबाट बेग्लै एउटा नयाँ आश्रयदाता खोज्न सक्षम हुने गर्दछ । उदाहरणका लागि यदि कुनै जनावरबाट कुनै खास भाइरसबाट ग्रस्त छ र त्यो केही गरी मानिस वा  अन्य जनावरहरुको सम्पर्कमा आउँदछ भने त्यसले उसलाई पनि संक्रमित गराउँछ । यसरी यो रोगहरु पुरै समुदायमा फैलिन शुरु गर्दछ । यस प्रकारको प्रसार त्यतिबेला बढी हुने गर्दछ जब भाइरस मानिस जस्तो आश्रयदाताको सम्पर्कमा आउँदछ वा फेरी त्यसमा उत्परिवर्तन हुन थाल्दछ । मानिस र जनावरहरुका बीच भौतिक नजदिकी यस भाइससलाई मानव समुदायमा फैलिनका लागि आदर्श परिस्थितिहरु बनाउँछ ।

वैज्ञानिकहरुको कुरा मान्ने हो भने जसरी मानव एवम् प्रकृतिका बीचको सन्तुलन बिग्रिराखेको छ र ऊ आफ्नो बढ्दो लालसाको पूर्तिका लागि प्रकृतिमाथि हावीहुँदै गइराखेको छ उसले यसखाले रोगहरुको जोखिम बढाउँदोछ । कृषि एवम् शहरीकरण एवम् भौतिक पूर्वाधार विकाशका लागि तीब्रपमा जंगलहरुमा भएका रुखहरु काटिदै छन् साथै जङ्गली जीवहरुलाई पनि  आहार एवम् तिनको आवश्यकताको सिद्धिका लागि शिकार गरुी मारिदै छ । कहिले तिनलाई पाल्नु बनाउनत कहिले तिनबाट पाइने मासु छाला, हाडखोर, जरा जगरको लागि समातिन्छन् कि मारिन्छन् । जसले तिनमा भएको भाइरसहर प्रसारका लागि आदर्श वातावरण तयार पार्दोछ । यदि पछिल्लो १०० वर्षहरुसँग जोडिएको तथ्याङ्कहरु हेरियो भने औषत प्रतिवर्ष २ भाइरस आफ्नो प्राकृतिक वातावरणबाट निस्केर मान वसमुदायमा फैलिएका छन् तर प्रकृतिको विनाशको बढ्दोदरले फैलिने खतरालाई पनि बढाउँदो छ । शोधकर्ताहरुका अनुसार पछिल्लो ५० वर्षहरुको तथ्याङ्कलाई हेर्दा ४ प्रमुख जुनोटिक रोगहरुले  मानवीय समुदायहरुलाई ठूलो मात्रामा प्रभावित गरिराखेका छन् । यी रोगहरु कोभिड–१९, इबोला, सार्स एवम् एड्स हुन् । यीनमध्ये मानिसमा फैलिएका हुन । यदि चमेरोको कुरा गर्नेहो भने त तिनमा कोरोना, सार्स एवम् इबोला जस्ता अनेक भाइरस हुन्छन् । 
सामान्यतया अँध्यारोमा जङ्गलमा विचरण गर्ने यी चमेराहरु महामारी फैलाउँदैनन् तर जसरी यिनको आवासस्थल नष्ट एवम् प्रभावित गरिएको छ जसले गर्दा भाइरस मानवीय समुदायमा फैलँदो छ ।

शोधकर्ताहरुका अनुार मानव समुदायहरुले प्रकृतिसँग आफ्नो विग्रँदो सम्बन्धहरुई सुधार्नु पर्नेछ । यसको शुरुवात ती उष्णकटिबन्धीय वनहरुको विनासलाई रोकेर गर्न सकिनेछ जहाँ मानिसले खेती वा अन्य उद्देश्यका लागि २५ प्रतिशतभन्दा  बढी रुखहरु काटेका छन् । साथै अन्तराष्ट्रिय स्तरमा जसरी वन्यजन्तुहरुको तस्करी एवम् शिकार हुँदैछ त्यसलाई रोक्नु बन्द गर्नु आवश्यक छ । यिनमा जङ्गली मासुको व्यापार रोक्नु पर्नेछ साथै दुनियाभरमा जङ्गली एवम् पाल्तु जनावरहरुमा फैलिने रोगहरुको निगरानी एवम् नियन्त्रणको कार्यक्रमहरुमा सुधारका लागि विनियोजन खर्च बढाउनु पर्ने हुन्छ ।

विश्वका २१ जानेमोन प्रतिष्ठानहरुसँग आबद्ध वैज्ञानिकहरु, महामारी विशेषज्ञ, अर्थशास्त्री, परिस्थितिकिविदहरु एवम् संरक्षण जीवविज्ञानीहरुद्वारा गरिएको यस अध्ययनका अनुसार कोभिड–१९ का कारण जनु जीवन क्षती भएको छ त्यससँग जोडिएको वार्षिक हानीको मात्र ५ प्रतिशत हिस्सा भविष्यमा यी जुनोटिक महामारुीहरुको जोखिमलाई आधा कम गर्नेछ । यसभन्दा पहिले साइन्स जर्नलमा प्रकाशित एक अन्य अनुसन्धानमा यो मनिएको थियो कि कोभिड–१९ बाट भएको क्षतिको मात्र २ प्रतिशत भाग भविष्यमा महामारीहरुबाट सुरक्षित राख्न सक्दछ । अनुसन्धान अनुसार आउँदो १० वर्षहरुमा वन्यजन्तु एवम् जङ्गलहरुको रक्षाका लागि गरिएको १९.९ लाख करोड रुपैयाको निवेश भविष्यमा कोरोना भाइरस  जस्ता महामारीबाट बचाउन सक्नेछ । 

पर्यावरण संरक्षण एवम् रोगको प्रारम्भिक चरणमा नै निगरानीबाट यो हासिल गर्न सकिन्छ । जर्नल साइन्स एड्भाइसेसमा प्रकाशित अनुसन्धानमा अनुमान गरिएको छ कि यस निवेशको मद्दतले हरसाल यी जुनोटिक रोगहरुबाट हुने १६ लाख मृत्युलाई टार्न सकिनेछ साथै वार्षिक ७४६.६ लाख करोड रुपैयाको क्षति टार्न सकिन्छ । 

यस अनुसन्धानमा शोधकर्ताहरुले जुन तीन प्रमुख कुराहरुमा ध्यान दिनु पर्ने भनेका छन् । तिनमा जङ्गलहरुको तेजीले हुने गरेको विनाशलाई रोक्ने, वन्यजन्तुको शिकार एवम् व्यापारलाई उचित तरिकाले नियन्त्रण गर्ने, एवम् वन्यजन्तुमा भाइरसको वैश्विक निगरानी सम्मिलित छन् । यसबाट न केवल महामारीहरुको जोखिम कमगर्न सकिनेछ साथसाथै जलवायु परिवर्तनलाई निपटिन तथा जैव विविधतामा हुने नोक्सान रोक्न पनि मद्दत पुग्नेछ । यसका साथै शोधमा पशुचिकित्सकहरु एवम् वन्यजन्तु रोग जीवविज्ञानीहरुलाई प्रशिक्षित पनि गर्नुपर्ने हुन्छ । साथै यी भाइरस निजोनिकसलाई एउटा ग्लोवल डाटावेश निर्माणमा जोड दिइएको छ । जसलेगर्दा नयाँ उद्भव हुने रोगजनकहरुको श्रोतको उपयोग तिनको प्रशार सुस्त गराउन वा रोक्नलाई गर्न सकियोस् । 

महामारीहरुले अब विकराल रुप लिदै छन् ती पहिलेको भन्दा कतै बढी पनि हुँदैछन् एवम्  बढी एवम् बढी महाद्वीपलाई आफ्नो चङ्गुलमा लिदैछन् । यस्तोमा यिनको रोकथाम यिनको उपचार भन्दा कही सस्तो हुनेछ ।