महिला सशक्तिकरणलाई महिलाको आत्म–मूल्यको भावना, उनीहरुको आफनै छनौट निर्धारण गर्ने क्षमता,र आफू र अरुको लागि सामाजिक परिवर्तनलाई प्रभाव पार्ने अधिकारलाई प्रवर्दन गर्न परिभाषित गर्न सकिन्छ । महिला सशक्तिकरणले घरबार विहिन महिलाहरुलाई जागिर सुरक्षित गर्न, स्वास्थ जीवनशैली सिर्जना गर्न, र आफ्ना बच्चाहरुको लागि घर पुनःप्राप्त गर्न आवश्यक सीप र आत्मा विश्वासका साथ शिक्षित र सशक्त बनाउँछ । तिनीहरु प्रायः समाजमा हावी हुन्छन् र पुरुषसँग तुलना गदैनन् । हाम्रो देश नेपालको उदाहरण लिन सकिन्छ ।
माथि उल्लेखित सबै सत्यताले नेपाली समाजमा रहेका महिलाहरुलाई स्वयमसेवाको माध्यमबाट महिलाहरुका लागि केही किसिमको अनौपचारिक शिक्षा र तालिमको व्यवस्था गर्नाले उनीहरुको शिक्षाको स्तरमा वृद्घि भई जीवनस्तर उकास्ने छ । साथै, समाजको अवधारणा क्रमशः परिवर्तन हुनेछ । अन्तमा, उनीहरुले पैसाको सन्दर्भमा आफनो श्रीमानमा भर नपर्नका साथै, परिवार र समाजमापनि स्वतन्त्रता प्राप्त गर्न सक्छ ।
नेपालमा विभिन्न संस्थाहरुले विभिन्न तालिमहरु दिइरहेका छन् । जस्तै सिलाई कटाई,मैन बत्तिहरु बनाउने तालिम,सेनिटरी प्याडहरु बनाउने तालिमहरु दिइरहेका छन । यसको प्रमुख उ्देश्य महिलाहरुलाई स्वतन्त्र र आत्मानिर्भर बनाउने हो । नेपालमा राष्ट्रपति महिला हुनुहुन्छ साथै विभिन्न क्षेत्रमा महिलाहरुको लागि कोटाहरु छुट्टाएको छ । तर पनि नेपालको विडम्बना राष्ट्रपति नारी भएको देशमा नारीहरुले नै न्याय पाउन सकेको छैनन् । नेपालको कुनै कुनै ठाउँमा महिला अधिकार कागजमा मात्र सीमित रहेको छ । महिलाहरुलाई तालिमहरु दिदाँ उनीहरुलाई जागिरहरु पनि दिदाँ अझ राम्रो हुन्थ्योहोला । तलिमहरु विभिन्नसंस्थाहरुले दिइरहेका छन त्यो मध्ये इन्स्टिच्युट अफ कल्चर अफेयरस एक हो । यसले धेरै कामहरु तथा तालिमहरु प्रदान गरिरहेको छ । पर्वतको मोती सामूदायिक पुस्तकालयमा रोटरी क्लब ओफ रुद्रमती सहकार्यमा सिलाई बुनाई तालिम दिइएको छ । जस्ले गर्दा त्यहाँका महिलाहरु आत्मानिर्भर बनेका छन । तालिमले गर्दा त्यहाँका महिलाहरु आफैँ सिलाई गरेर आफू र आफनो परिवार पाल्न सक्ने भएका छन् । साथै इन्स्टिच्युट अफ कल्चर अफेयरस जापान र नेपालले संयुक्त रुपमा २०५७ सालमा प्रगतिशील महिला समूहका सदस्यलाई पाउ बनाउने तालिम दिइएको थियो । त्यही तालिम लिएपछी देवका श्रेष्ठ लगायतका ३ जना समूहकै महिला टोलीले २५ हजार ऋण लिएर पाउ बनाउन सुरु गरे । २५ हजार रुपिया ऋणमा सुरु गरिएको उद्योगमा अहिले १५ लाख लगानीहुनको साथै उद्योगका उत्पादन ठाउँ ठाउँमा पुर्याइदै छ । यसरी विभिन्न तालिमहरुका माध्यमबाट महिलाहरु साक्षर तथा स्वाबलम्बि बनेका छन् भने कुनै कुनै ठाउँमा अझै पनि महिलाहरुलाई हेला गरिने प्रचलन रहेको छ ।यसरी महिलाहरुलाई स्वाबलम्बि तथा आत्मानिर्भर बन्नको लागि विभिन्न संस्थाहरुले सहयोग गरिरहेका छन् । महिलाहरु शिक्षित भएनै देश शिक्षित हुन्छ त्यसैले महिला हिंसा अन्त्य गरौ महिलालाई साक्षर र स्वभिमानी बनाऔँ ।