images
images

रैनादेवीमा ग्रासरुट मिसन 

आनलाइन बहस, काठमाडौँ 

नेकपा एमाले रैनादेवी छहरा गाउँ कमिटीको आयोजनामा बल्ढेङ्गढीको लौधापानीमा मिसन ग्रासरुट अभियानको समीक्षा एवम् प्रशिक्षण कार्यक्रम मंगलवार सम्पन्न भयो ।

 

पार्टीका केन्द्रीय कमिटी सदस्य साबित्रा अर्यालले रैनादेवी छहरामा मिसन ग्रासरुट अभियान सोचे अनुरुप अघि बढेको र  बाँकी समय थप गतिशील भएर पार्टीका नेता,कार्यकर्ताहरुले  अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने अग्रसर हुन अनुरोध गर्नुभएको छ ।  पार्टीका केन्द्रीय अनुशासन आयोगका सदस्य डा. कृष्ण न्यौपानेले एमालेको मिसन ग्रासरुटले पार्टीका बिरोधीहरुको ढ्याङ्ग्रो ठोकेको बताउनुभयो । सोही कार्यक्रममा प्रदेश कमिटीका सदस्य डा. रामबहादुर राउतले मिसन ग्रासरुटसँग विकास निर्माणलाई जोड्दै आफूहरु अघि बढेको जानकारी गराउनुभयो । उक्त कार्यक्रममा प्रदेश कमिटीका सदस्य पर्शुराम भट्टराईले जनताको विकासका लागि एमालेको पहिलो प्राथमिकता रहेको सुनाउनु भयो । अभियानका अभियन्ता दलबहादुर गुरुङले नेकपा एमालेका कार्यकर्ताहरुलाई गरी खाने बाटो सिकाउँदै आफ्नो खुट्टामा आफै उभिने खालको स्वावलम्बी कार्यकर्ता निर्माण गर्न मिसन ग्रासरुट सहयोगी बन्न सक्ने बताउनुभयो । 

 

कार्यक्रममा जिल्ला कमिटी सदस्य झपेन्द्र रायमाझी,जिल्ला सल्लाहकार कुलबहादुर खड्का,गाउँ कमिटी अध्यक्ष रामप्रसाद ज्ञवाली,वडा कमिटीका अध्यक्ष रमेश कार्की,सचिव रामबहादुर खड्का लगायतले रैनादेवी छहराको पार्टी गतिविधि,विकास निर्माण र मिसन ग्रासरुटका बारेमा प्रश्नोत्तर र अन्तर्कियात्मक छलफल गर्नुभएको थियो  । विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेहरुलाई टीका र खादा लगाएर प्रमुख अतिथि एवम् पार्टीका केन्द्रीय सदस्य सावित्रा अर्यालले स्वागत गर्नुभएको थियो ।