images
images

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ - संघीय संसद्को प्रतिनिधि सभाले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको छ ।

शनिबार बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट नीति तथा कार्यक्रम पारित गरेको हो ।

आज (आइतबार) संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।

बैठक ४ बजेको लागि डाकिएको छ । सांसदहरुलाई समयअगावै उपस्थित हुन सभामुखले आह्वान गरेका छन् ।