images
images

सफाईकर्मीहरुको अवस्था

वातावरणलाई सफा र सुन्दर सफाइकर्मीहरुले बनाउँछन् । वातावरण सफा राख्न महिला सफाईकर्मीहरुको अहम भूमिका हुन्छ । फोहरमैला व्यवस्थापन जस्तो महत्वपूर्ण काममा महिलाहरु संलग्न छन । महिलाहरु असुरक्षित छन र धेरै असमानता र स्वास्थ्य जोखिमहरु सामना गर्छन । काठमाडौंमा १००००—१५००० सफाई कर्मीहरु कार्यरत छन । तिनीहरु अति सिमान्तकृत छन । अनौपचारिक सफाई कामदारहरु एक कमजोर जनसंख्या समूह हुन जो प्राय समाजिक आर्थिक रुपमा सिमान्तकृत र पिछडिएका हुन्छन् सामान्य जनसंख्याको तुलनामा उनीहरुको स्वस्थ्य स्थिति कमजोर हुने बढी सम्भावना हुन्छ । तर सरकारले उनीहरुको योगदानलाई कदर गरेको छैन ।    

 

सफाइकर्मीहरुले गर्दा हाम्रो टोल, बजार र शहर सफा र सुन्दर भएको छ । सफाईकर्मीहरु नहुने हो भने हाम्रो टोल, बजार र शहर दुर्गन्धित हुन्थ्यो र जता ततै रोग व्याधी फैलिन्थ्यो । स्थिति भयावह हुन्थ्यो । जलवायु परिवर्तनको असर कम गर्न सफाइकर्मीहरुले सहयोग गर्न सक्छन ।  सफाइकर्मीहरुबाट संकलित फोहोरहरु मा कुनै पनि फोहोर काम नलाग्ने छैन । कुहिने फोहोरलाई कम्पोष्ट बनाई कृषकलाई बेच्न सकिन्छ  र नकुहिने फोहोरहरु प्लाष्टीकलाई पुनः प्रयोग गर्न सकिन्छ । त्यसरी नै शिशालाई पनि पुनः प्रयोग गर्न सकिन्छ । कागज, प्लाष्टीक, शिशाजन्य वस्तुलाई कवाडीलाई बेचेर आय आर्जन गर्न सकिन्छ । त्यसैले फोहोर कुनै समस्या नभएर मोहर नै हो । त्यसको सही व्यवस्थापन जरुरी छ । स्रोतबाट फोहर छुटयाइएको खण्डमा ९५% फोहर रिसाइकल गर्न सकिन्छ । घरबाटै फोहोर छुटयाइदियौ भने सफाइकर्मीलाई फोहोर छुटयाउन सजिलो हुन्छ । कम फोहोर उत्सर्जन गरेमा डिस्पोजलमा कमी आउँछ ।

 

वास्तवमा फोहर  के हो ? काम नलाग्ने वस्तुलाई वा ठिक ठाउँमा नभएको वस्तु वा हामीले प्रयोग गर्न नजानेको वस्तु फोहोर हुन् । फोहोर तीन प्रकारका हुन्छन । ठोस फोहोर अन्र्तगत कागज, प्लाष्टीक, जैबिक, ब्याट्री, शिशा, फलाम आदि । तरल फोहोर मा फ्याक्ट्रीबाट निस्किएको तरल पदार्थ पर्दछ । ग्यास फोहोरमा गाडीबाट निस्कने धुवाँ पर्छ । फोहोर कुहिने र नकुहिने गरी दुई किसिमका हुन्छन् । सफा टोल, शहर भयो भने देशी विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । नेपालमा फोहोर व्यवस्थापन अभ्यास शुरु भएको धेरै भयो । फोहोर व्यवस्थापनको विभिन्न चरणहरु हुन्छन जस्तो सङ्कलन, यातायात, पृथकीकरण, डीस्पोजल, मल बनाउने, भष्मीकरण, ल्याण्डफील, बायोग्यास उत्पादन आदि । फोहोर व्यवस्थापन चार चरणहरुबाट गरिन्छ जस्तो सङ्कलन, पृथकीकरण, यातायात, डीस्पोजल । फोहोर सङ्कलन गर्ने क्रममा लोड अनलोड गर्दा शारिरीक चोटपटक लाग्नसक्छ ध्यान दिनुपर्छ । धारिलो पदार्थ जस्तो शिशा र सूइहरु छन् भने साइडमा राख्नुपर्छ । फोहोरको डुङ्गुर माथि बस्दा लड्न पनि सक्छ होस पु¥याउनु पर्छ । पृथकीकरण गर्ने क्रममा पञ्जा र मास्कको अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ । हस्पिटल जन्य फोहोरहरु प्रति सजक भएर छुट्याउनु पर्छ । धारिलो वस्तुहरु हातमा घोचेर सङ्क्रमित हुनसक्छ । चोटपटक लागेमा प्रथमिक उपचारको व्यवस्था हुनुपर्छ ।                                                                                     

 

फोहोर व्यवस्थापन गर्दा विभिन्न चुनौतिहरु हुन्छन । महिनावारी हुँदा काम गर्न असजिलो हुन्छ । गर्भावस्थामा भारीकाम गर्न असजिलो हुन्छ । सफाइकर्मीले प्राप्त गर्ने पारिश्रमिकमा कमी छ । खतरनाक फोहोरका जोखिमले स्वास्थ्य सुरक्षा समस्याहरु भोगिरहेका छन । अँध्यारोमा काम गर्दा उत्पीडन र दुव्र्यवहारको खतरा मोल्नुपर्ने बाध्यता छ । काम गरिरहेको बेलामा शौचालय नहुने र विश्रामको लागि आराम गर्ने ठाउँ नहुने जस्ता समस्याहरु झेल्दै आइरहेका छन् ।  फोहोर व्यवस्थापन गर्दा विभिन्न रोगहरु लाग्न सक्छ । यही क्रममा कर्मीहरु लडन, चिप्लन र मांशपोसी हड्ढीमा चोटपटक लाग्न सक्छ । रेडियोधर्मी खतराहरुबाट विभिन्न लक्षणहरु देखिन सक्छ जस्तो वाकवाकी, कापाल झर्ने, रत्तश्राव, केन्द्रीय स्नायु प्रणाली क्षति र मृत्यु समेत हुन सक्छ । जैविक खतराहरु अन्र्तगत संक्रामक रोगहरु पर्दछ जस्तो पखाला, हेपाटाइटीस, एच आई भी र क्षयरोग आदि । छाला सम्बन्धी रोगहरु हुन सक्छ । श्वास प्रश्वास सम्बन्धी समस्याहरु हुन सक्छ । ज्यादा गर्मी र चिसोको कारण रोगहरु हुन सक्छ । ध्वनी प्रदुषणको कारण श्रवण शक्तिमा हानी हुन्छ । मानसिक स्वास्थ्यमा गिरावट आएर तनाव, चिन्ता हुनसक्छ । खराब महिनावारी स्वच्छताको कारण विभिन्न खतराहरु हुन सक्छ जस्तो फंगल संक्रमण, प्रजनन पथ संक्रमण, मुत्रपथ संक्रमण र बाँझोपन । गर्भावस्थामा लापरवाहीले विभिन्न खतराहरु निम्त्याउन सक्छ जस्तो गर्भपात, अस्वस्थ बच्चा, अनुवंशिक रुपमा अव्यवस्थित बच्चा, आमा र बच्चा दुबैको ज्यान जोखिममा । फोहोर व्यवस्थापन गर्दा हुने हानीबाट बच्ने उपायहरु:

१) सुरक्षित एप्रोन एवं लुगालाई हरेक प्रयोग पश्चात धुने वा निसंक्रमण गर्ने गर्नुपर्छ । जस्तै पन्जा, लुगा, चस्मा, मास्क

२) फोहर चलाएपछि लगतै हातखुट्टा धुनुहोस्

३) फोहरलाई छालाको समपर्कमा आउनबाट रोक्नुहोस् ।

४) लगाएको सुरक्षित एप्रोन वा लुगा हानिकारक फोहरको समपर्कमा आई भिजेको छ भने तुरुन्तै फेर्नुहोस् र साबुन पानीले नुहाउनुहोस् ।

PPE ले दुर्घटनाहरूलाई सक्रिय रूपमा कम गर्छ, कर्मचारीहरूको स्वास्थ्य सुधार गर्छ, सुरक्षित कार्य वातावरण सिर्जना गर्छ । धारिलो सुई, अन्य धारिलो औजारहरू मार्फत जीवाणु वा रगतको छिटा, अन्य तरल पदार्थ वा रसायनहरू बाट हुने संक्रमणबाट बचाउँछ । फोहोर व्यवस्थापन गर्ने क्रममा सफाईकर्मीहरुलाई घाउ, चोटपटक लागेमा प्राथमिक उपचार गर्नुपर्छ । रसायनको सुरक्षित ह्यान्डलिंग गर्नुहोस् । बोतलहरूमा खतराको लेबल पढेर ह्यान्डल गर्नुहोस् । साथीहरूलाई रसायन समावेश भएको कुनै  पनि दुर्घटनाहरू रिपोर्ट गर्न सम्झाउनुहोस । सामान लोड आनलोड गर्दा सुरक्षित ह्यान्डलिङ अभ्यास गर्नु पर्छ । सफाईकर्मीहरुले नियमित स्वास्थ्य परिक्षण गर्नु आवश्यक छ ।                                                                                                  

सरसफाइको काम गर्दा के कस्ता समस्याहरु छन भन्ने प्रश्न हामीले सफाइकर्मी माझ राखेका थियौ जसमा बढार्ने सफाइकर्मीले स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु आएको बताए जस्तो धुलोले आँखा देख्न नसकिने, रुघा खोकी लाग्ने, नराम्रो गन्ध आउने, बान्ता आउने आदि । फोहोर पृथकीकरण गर्दा हात शिशाले काटेको रहेछ । फोहोर व्यवस्थापनको क्रममा एकजना महिलाको दुर्घटनामा परी खुट्टा भाँचिएको रहेछ उनको उपचार चाही गरिएको तर क्षतिपूर्ति नगरिएको रहेछ । अँध्यारोमा काम गर्दा महिलाहरुलाई चुनौति हुन्छ । एक जनाको सिसडोलमा फोहर व्यवस्थापन गर्दा ढाड भाँचिएको रहेछ । धेरै कामदारहरुलाई डेंगूको संक्रमण भएको रहेछ । महिनाको १२—१३ हजार आम्दानीले घर व्यवहार धान्न गाह्रो भएको बताए । फोहरमा काम गर्दा मानसिक समस्या पनि भएको बताए । हस्पिटलको फोहोर छुटयाउनमा बढी जोखिम हुने कुरा बताए ।

 

फोहर व्यवस्थापन सम्बन्धी विद्यालय स्तरमा शिक्षाको व्यवस्था गर्नु पर्छ । विद्यार्थीहरुले विद्यालयमा फोहर मैला व्यवस्थापन सम्बन्धी जनचेतना जगाउने तालिम व्यवस्था गर्न सक्छन । विद्यार्थीहरु सचेत भए भने घर घरबाट फोहर व्यवस्थापन हुन्छ । फोहर मैला व्यवस्थापन सम्बन्धी जनचेतना फैल्याउने काम सरकारको हो । फोहर व्यवस्थापन सम्बन्धी तालिमको व्यवस्था हुनुपर्छ । सर्वसाधारणले फोहरको वर्गीकरण गरिदियो भने व्यवस्थापनमा सरलता आउछ ।  

 

हिमालयन क्लाइमेट इनीसीएटीभ संस्थाले यी मध्ये केही महिलाहरुसँग काम गरिरहेको छ जसको आर्थिक रुपमा सक्षम जीवनको अर्को विकल्प भनेको यौनजन्य पेशा हो र अवैध खारेज गरिएको फोहोरको व्यापारमा काम गरिरहेका छन् । यो संस्थाले सामाजिक रुपमा भेदभावमा परेका महिला फोहोर कामदारहरुलाई रोजगारी दिन्छ । एच सी आईले प्रत्येक कामदारको लागि उचित तलब लाभहरु दिन्छ र सफाइ कर्मीहरुको सामाजिक स्थिति उकास्ने काम गरिरहेको छ । एच सी आईले महिला सफाई कर्मीहरुलाई सुविधाहरु दिएको छ जस्तो महिलाहरुले उनीहरुको फूर्सदको समयमा काम गर्न पाउनुपर्छ । महिला सफाइकर्मीले प्रसूति बेलामा दुई महिना तलबि बिदा पाउनुपर्छ । रजस्वला भएको बेलामा सुविधायुत्त कोठाको व्यवस्था हुनुपर्छ  ।