काठमाडौँ - नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ ।
एआईजी रबिन्द्र बहादुर धानुकको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा भएको छ । त्यसैगरी एआईजी विश्वराज पोखरेललाई मानव स्रोत विकास विभागबाट नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ ।
यस्तै गृह मन्त्रालयले हालै प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ५ जनाको पदस्थापन गरेको छ ।
उत्तमराज सुवेदीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा, अरुण कुमार बिसीको प्रशासन विभागमा, दिवेश लोहनीको अपराध अनुसन्धान विभागमा, मुकुन्द आचार्यको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र पूजा सिंहको मानव स्रोत विकास विभागमा पदस्थापन भएको छ ।
सूची हेर्न यहाँ क्लिक गर्नुहोस्