काठमाडौं, असोज १० (रासस)
रसिमल बुक पब्लिेकेशनबाट प्रकाशित ‘ओडेसा डायरी’ कृतिको लोकार्पण गरिएको छ ।
सुष्मा खत्री रञ्जितद्वारा लिखित उक्त कृति शिल्ट कन्सल्ट्यान्ट प्रालिका प्राविधिक केशव कुँवरले काठमाडौँमा लोकार्पण गर्नुभएको हो । ओडेसा युक्रेनको एउटा सहर हो । सो सहरमा बस्दा त्यहाँको बसाई, अवस्था, भोगाइ र त्यसले नेपाली जीवनमा पारेका प्रभावबारे समेटेर लेखकले कृति तयार पारेका हुन् ।
कृतिमा नेपालका लागि ओडेसा सहरको महत्व र नेपाली प्रविधिको विकास तथा शैक्षिक जनशक्तिमा ओडेसाको योगदानको चर्चा गरिएको छ । त्यहाँ अध्ययनका लागि नेपाली विद्यार्थी जाने गरेका छन् ।
कृति लोकार्पण समारोहमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसका पूर्वडिन डा त्रिरत्न बज्राचार्यले साहित्य क्षेत्रमा खत्रीले देखाएको रुचिको प्रशंसा गर्नुभएको थियो । लोकार्पण कार्यक्रममा मित्रकुञ्जका पूर्वध्यक्ष तथा रुसी साहित्य समाजका महासिचव चन्द्रकान्त आचार्यले ओडेसा कृतिले पुराना दिनको सम्झाना गराएको जानकारी दिए ।
कार्यक्रममा पुस्तकका लेखक खत्रीद्वारा रचित तथा ‘स्वरबद्ध आँखा झिमिक्क पार्न नपाउँदै’ गीत सार्वजनिक गरिएको छ । गीतको शब्द सुस्मा खत्री, कम्पोज सन्तोषभक्त श्रेष्ठले गरेका हुन ।