काठमाडौँ,६ जेष्ठ:
यसभन्दा अघिल्ला लेखहरूमा जीव विज्ञान र वातावरण, रसायन विज्ञान, भौतिक शास्त्र र खगोल विज्ञान, स्वास्थ्य र औषधी, स७त्रगयतसचना र सञ्चार, कृत्रिम बुद्धिको प्रभावका विषयमा चर्चा भइसकेको छ । आज यहाँ यिनै शृङ्खला अन्तर्गत यातायातका विषयमा सानो चर्चा अघि सारेको छु ।
यातायातको विकास क्रममा सबैभन्दा पहिला चक्काको आविष्कार भएको हो । करिब ५५०० वर्ष अघिको मेसोपोटामियाको सभ्यतामा चक्काको आविष्कार भएको अनुमान गरिन्छ । थल यातायातमा चक्काको विकास भएझैं करिब ५००० वर्षअघि पानीका लागि डुंगाको विकास भएको पाइन्छ । करिब ३५०० वर्षअघि आदिम भारतमा गाडीको विकास भएको पुस्टि भएको छ । हावामा उड्नका लागि सन् ८७५ मै ग्लाईडरको विकास भएको अनुमान गरिए तापनि धेरै वर्षपछि (सन् १९०३ मा) राइट दाजु—भाइले वास्तविक हवाइजहाजको विकास गर्न सके । सन् १६६२ देखि फ्रान्सबाट घोडाले तान्ने बग्गी मार्फत सार्वजनिक यातायातको क्रम सुरु भएको थियो । सन् १६९० मा विकास भएको वाष्पइन्जिन, हटएयर बेलुन (सन् १७८३), स्टिम बोट (सन् १८०३), स्टिम लोकोमोटिभ वा रेल (सन्१८१४), साइकल (सन् १८१७), टायर (सन् १८४५), पानीडुब्ने जहाज (सन् १८६२), अटोमोबाइल (१८८५), डिजेल इन्जिन (सन् १८९७) आदिले यातायात क्षेत्रका विविध सम्भावनाहरूलाई उजागर गरेका छन् । वायुमण्डलमा मानवीय आधिपत्य कायम गर्ने उद्देश्यले भएका आविष्कारहरू जस्तै हवाई जहाज (सन् १९०३), हेलिकप्टर (सन् १९०७), जेट इन्जिन (सन् १९३९), रकेट (सन् १९४२), मानवयुक्त रकेट (सन् १९६१), एयर ट्याक्सी (सन् २००१) आदि उल्लेख्य घटना मानिन्छन् ।
निष्कर्ष
विज्ञान तथा प्रविधिको यो लामो फेहरिस्त पप्रस्तुत गर्नुको अर्थ यसको इतिहास प्रष्ट्याउनु मात्र होइन, यो त यो ऐतिहासिक परिवेशमा हाम्रो अनुपस्थितिको अनुभूति हामीलाई ह७३घढसन सकोस् भन्नका लागि हो । विज्ञान तथा प्रविधिका विविध विषयहरूमा भएका प्रगति एकै रात वा एकै वर्षमा भएका होइनन् भन्ने अनुभूति दिलाउन पनि यस्को उद्देश्य हो । कसरी एकै चोटी वा एकै समयमा विश्वका फरक फरक ठाउँमा परक फरक किसिमका अन्वेषण वा आविष्कार भएका रहेछन् भन्ने कुरा प्रष्ट्याउनु यस्को उद्देश्य हो । विभिन्न काल खण्डमा कुनै वस्तुको आविष्कार एकै जनाले गरे भन्ने हामीलाई लाग्न सक्छ, तर आविष्कारक तथा अन्वेषकहरू ती हुन् जसले फुटबलको खेलमा झैं गोल हानी सफल भए । विजेता हुन नसक्नेहरू तर ती विषयमा अहम् भूमिका भएका वैज्ञानिकहरू यस्मा नसमेटिए तापनि उनीहरूको योगदान भने कम छैन । तर पनि उनीहरूलाई बिरलै सम्झिने गरिन्छ । रेडियो बनाउनेको नाम मार्कोनीको आउँछ, तर निकोला टेस्लाले यसमा योगदान नदिएको भए त्यो सम्भव थिएन । डिएनए मोडेलमा नोबेल पुरष्कार त फ्रान्सिस र क्रिकले पाए, तर त्यस विषयवस्तुरोजालिण्डमा फ्रान्कलिनले काम नगरेको भए सायद उनीहरूका लागि त्यो असम्भव थियो ।
विज्ञान तथा प्रविधिको अबको हाम्रो गन्तव्य कस्तो होला वा समृद्धिमा यसको न्हुमिका के हुनु पर्छ कुराको पुस्टि विज्ञान तथा प्रविधिको विगत नहेरी निक्र्योल गर्न सकिदैँन । विगत २५ सय वर्षयता भएका वैज्ञानिक अन्वेषण तथा आविष्कारहरूले हाम्रो जीवनलाई अझ बढी सहज बनाएका छ । हरेक दिन कुनै न कुनै नयाँ आविष्कार ह७३घढसन७३घढसले हाम्रो जीवनलाई सहज बनाएको छ ।
ग्रीसबाट सुरु भएका वैज्ञानिक उपलब्धीहरू अरब, चीन र भारत हुदै करिब पाँच सय वर्षयताका अधिकांश समय युरुप्को विभिन्न देशहरूमा केन्द्रित हुन पुग्यो। उन्नाइसऔं शताब्दी यता भने वैज्ञानिक अन्वेषण तथा आविष्कारका मूल थलो अमेरिका हुन पुगेको छ । विश्वका कुनै पनि देशमा भएका वैज्ञानिक उपलब्धिहरू जुनसुकै देशले पनि प्रयोगमा ल्याउन सकिने संभावनाहरू बढेका छन । विश्वव्यापी सिकाईहरू मार्फत इन्नोभेसन अर्थात् नवीन आविष्कारको उपायबाट स्थानीय क्षेत्र सुहाउदो प्रविधिको विकास गर्नुपर्छ। विगतमा पनि अधिकांश आविष्कारहरू शुन्यबाट सुरु भएका होइनन्, एकपछि अर्को गर्दै सिकाइ र अनुभवलाई जोड्दै नयाँ वस्तु वा प्रविधिको क्षेत्रलाई सुदृढ गर्नु आवश्यक छ ।
हाम्रै देशको कुरा गर्ने हो भने प्रतिकूल वातावरणका कारणले विज्ञान तथा प्रविधिमा कमैको ध्यान जाने गथ्र्यो । जसको जान्थ्यो, उसको हविगत हुने गर्दथ्यो । यो क्रम राणा शासन कालमा मात्र होइन, अझै पनि कायमै छ । विज्ञान तथा प्रविधिमा लागेका मानिसहरूको सोच तथा सामथ्र्य अन्य क्षेत्रको भन्दा अब्बल मानिन्छ तर यही विषयमै लागेका कारण उनीहरूको अवस्था त्यति अनुकूल छैन । यस्तो अवस्था रहून्जेल सम्म नेपालमा विज्ञान तथा प्रविधिको यथोचित विकास हुन सक्ने सम्भावना पनि कम रहन्छ ।
(लेखक पीएचडी सेन्टरका प्राज्ञिक सल्लाहकार तथा आइसीए नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)