काठमाडौँ । अमेरिकी डिभीको नतिजा आज सार्वजनिक भएको छ। सन् २०२३ का खुलेको अमेरिकी डिभीको नतिजा आज शनिवार राती नेपाली समय अनुसार ९:४५ बजे सार्वजनिक भएको हो ।
नतिजा हेर्नको लागि https://dvprogram.state.gov/ मा गई check status मा क्लिक गर्नु पर्छ । त्यसपछि continue भन्ने अप्सनमा क्लिक गरेर आफ्नो कन्फरेन्सन नम्बर, आफ्नो लास्ट नेम , जन्म मिति, सोहि पेजमा चित्रमा देखाईएको अंक तथा अक्षर अर्थात् हालेर आफुलाई डिभी परेको वा नपरेको हेर्न सकिन्छ । यदि तपाईंले आफ्नो कन्फरेन्सन नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने अमेरिकि दूतावासले जनाएको छ। छनौट हुन सफल आवेदकले गर्नुपर्ने थप प्रक्रियाबारे स्टेट डिपार्टमेन्टको वेबसाइटमा उल्लेख गरिएको छ ।
साथै दूतावास वा अमेरिकी सरकारका अन्य निकायले डिभी कार्यक्रममा छनौट भएको व्योहोराको इमेल नपठाउने भएकोले कुनै इमेल आए त्यसलाई वेवास्ता गर्न नेपाल स्थित अमेरिकी दुतावासले जनाएको छ ।
सन् २०२३ को डिभी आवेदन दर्ता सन् २०२१ अक्टोबर ६ तारिख बुधबार ईस्टर्न डेलाइट टाइम (ईडीटी) (जीएमटी–४) को मध्याह्न देखि सन् २०२१ नोभेम्बर ९ तारिख मङ्गलबार ईस्टर्न डेलाइट टाइम (ईडीटी) (जीएमटी–५) को मध्याह्नसम्म खुलेको थियो ।