images
images

अमेरिकन चेम्बर अफ कमर्सद्धारा प्रगति बैठक आयोजना

काठमाडौं,
नेपालमा रहेको अमेरिकन चेम्बर अफ कमर्स ले यस हप्ता आफ्ना सदस्यहरूका लागि काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा अध्यक्ष अजित शाहले नोभेम्बरमा एमच्यामको औपचारिक स्थापनादेखि हालसम्मका उपलब्धिहरूबारे चर्चा गरेका थिए । 
यस चेम्बरमा अहिले २८ सदस्यसहित तीन समितिहरु छन् । समितिहरू निर्धारण गर्न एमच्यामले सदस्य र सम्भावित सदस्यहरू बीच सर्वेक्षण गरेको थियो । प्रतिक्रियाको आधारमा समितिहरूलाई वकालत र नीति, अर्थ र नेटवर्किङमा विभाजन गरिएको छ ।
समितिले अब विभिन्न समस्याहरूलाई सम्बोधन गर्न र अमेरिकी र नेपाली कम्पनीहरू बीचको सम्बन्धलाई सहज बनाउन काम गर्नेछ जसले गर्दा स्थानीय कम्पनीहरूले अमेरिकी कम्पनीहरूसँग काम गर्दै आफ्नो व्यवसाय विस्तार गर्न र अमेरिकी कम्पनीहरूलाई नेपालमा लगानी गर्ने अवसरहरूबारे चेतना अभिवृद्धि गर्न सक्नेछन् ,
अमेरिकन चेम्बर अफ कमर्सको बारेमा
अमेरिकन चेम्बर अफ कमर्स नेपालमा सञ्चालित अमेरिकी व्यापारिक संस्थाहरूको एक संगठन हो । थप जानकारीको लागि तपाईंले एमच्यामको वेबसाइटमा इमेल गर्न सक्नुहुन्छ ।