images
images

पञ्चाङ्ग

                                                                                                         - ह्यारिस ह्यारिशन

मुटु दुख्छ चस्स चस्स घरि घरि किन होला ?
देख्छु म आफ्नै पराई थरि थरि किन होला?
 विष कतै मिसिएको छ कि भन्ने नबुझिने, 
आफ्नैले मुखले ठिक्क अघि सरि किन होलारु 
छुरा हानी रुवाउँछन् पछि परि किन होलारु
 आमाले माया दिएर सन्सारमा आएको म। 
उनैको पृत पिएर दुनियाँमा धाएको म।
 उनी बिना के हुन्थ्यो जिन्दगीको सृजना यहाँ, 
उनको दया जिएर मनुष्यत्व पाएको म।
 सदैव विषमा अमृत लिएर खाएको म।
 दाल र भात खाएर म मायाको पछि धाएर म सधैंभरि तिम्रो लागि नै, 
प्रेमको फूल लाएर म।
 मख्ख छु माया पाएर म। 
सधैंभरि पिएर हुँदैन तिमीले पाल्छु भनि लिएर हुँदैन तिमीले।
 राम्रो गर्न नसके पछि कहिल्यै नि,
 मरे जस्तो जिएर हुँदैन तिमीले।
 आश्वासन दिएर हुँदैन तिमीले।
 मनको बह, नकह कसैलाई।
 तनको रह,नकह कसैलाई। 
स्वार्थी रहेछ दुनियाँ संसार नै धनको गह नकह कसैलाई। 
वनको तह नकह कसैलाई।