काठमाडौं, भदौ ३१ रासस
प्रतिनिधिसभाको आजको बैठकले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस
भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रस्तुत गरेको सो विधेयक बहुमतले स्वीकृत भएको हो ।